इतिहासकै सबैभन्दा उत्कृष्ट मानिएको रोजर फेडेरर र राफेल नाडल बिम्बल्डन टेनिस ११ वर्षपछि फेरि एकसाथ भिड्दै, कसले मार्ला बाजी !

लन्डन — रोजर फेडेरर र राफेल नाडल बिम्बल्डन ओपन टेनिसमा फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्दै छन् । सेन्टर कोर्टमा ग्रान्ड स्लाम च्याम्पियनसिपका लागि ११ वर्षअघि इतिहासकै सबैभन्दा उत्कृष्ट मानिएको खेलपछि यी दुई यहाँ पहिलोपल्ट भिड्न लागेका हुन् । त्यस दिन नाडलले बाजी मारेका थिए ।

उनले पाँच सेटको खेल चार घण्टा ४८ मिनेट लगाएर जितेका थिए । त्यस खेललाई वर्षाले प्रभावित गरेपछि सात घण्टासम्म लम्ब्याउनुपरेको थियो । त्यसमा स्पेनी नाडलले ६–४, ६–४, ६–७, ६–७, ९–७ को जित हात पारेको बेला ९ बजेको थियो र चर्चित रंगशालामा अँध्यारो हुन लागेको थियो ।

एक दशकपछि अहिले यी दुई ३८ ग्रान्ड स्लाम उपाधिसहित र जनही १० करोड डलर बढी पुरस्कारसहित खेलक्षेत्रकै सर्वाधिक सफल खेलाडी बनेका छन् । विम्बल्डनमा सन् २००८ र २०१० मा उपाधि जितेका नाडलले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी एवं साथीविरुद्ध समग्रमा २४–१५ को सफलता हात पारेका छन् ।

उनी ग्रान्ड स्लाममा १०–३ ले अगाडि छन् । आठपल्टका च्याम्पियन फेडेररले विम्बल्डनको प्रतिस्पर्धामा नाडलविरुद्ध २–१ को अग्रता लिएका छन् । उनले सन् २००८ को चर्चित खेल हार्नुअघि २००६ र २००७ मा सफलता पाएका थिए ।

नाडलले फेडेररलाई गत महिना रोलान्ड ग्यारोस (फ्रेन्च ओपन) को सेमिफाइनलमा फेडेररलाई सीधा सेटमै निरास पारेर पेरिसमा १२ औं उपाधि जितेका थिए । यससँगै उनले आफ्नो खेलमा २००८ यता सुधार गरे । अल इंग्ल्यान्ड क्लबमा दुवै खेलाडीलाई उमेरको कारण घुँडा जोगाउन आवश्यक छ ।

‘म कम दौड्ने गर्छु, त्यसैले मैले सर्भिस राम्रो गर्नुपर्छ । सम्भवत् म एक वर्षमा २० साता बढी खेल्न सक्दिनँ,’ ३३ वर्षीय नाडलले भने, ‘मैले सर्भिस राम्रो गरिरहेको छु । ब्याकह्यान्ड राम्रो प्रहार गरिरहेको छु । भली र स्लाइसिङ (कट) पनि राम्रो हुनसक्छ ।’

तथ्यांकभन्दा बाहिर हेर्ने हो भने उनीहरूमध्ये एकलाई छनोट गर्न निकै गाह्रो हुन्छ । नाडलले ४७ एस प्रहार गरेका छन्, चारपल्टमात्र उनी रोकिए । फेडेररले ४२ एस प्रहार गरे र उनले तीनपल्ट सर्भिस गुमाएका छन् । तेस्रो वरीयताका स्पेनी खेलाडीले हालसम्म वरीयताप्राप्त खेलाडीको सामना गर्नुपरेको छैन । एकपल्टमात्र उनको परीक्षण भएको छ तर प्रतियोगिताकै एक खराब खेलमा उनले चार सेटको प्रतिस्पर्धापछि दोस्रो चरणमा निक किर्गियोसलाई सजिलै हराएका थिए ।

३७ वर्षीय फेडेरर ग्रान्ड स्लामको सेमिफाइनल खेल्ने जिमी कोनर्स (३९ वर्षको छँदा युएस ओपन १९९१) पछिका सबैभन्दा बढी उमेरका खेलाडी हुन् । उनी यो प्रतियोगितामा १३ औंपल्ट सेमिफाइनल खेल्दै छन् र ग्रान्ड स्लाममा ४५ औंपल्ट । क्वाटरफाइनलमा जापानका केई निसिकोरीविरुद्ध पहिलो सेट गुमाएर हात पारेको सफलतासँगै एउटै ग्रान्ड स्लाममा १ सय खेल जित्ने पहिलो खेलाडी बने उनी ।

नाडल खतरनाक रूपमा प्रस्तुत हुनसक्नेमा फेडेरर चिन्तित छन् । पेरिसमा हुरीबीच भएको खेलमा उनले बेहोरेको हार ग्रान्ड स्लाममा ११ वर्षयताकै सबैभन्दा खराब थियो । ‘राफाले वास्तवमै जसलाई पनि र जुनसुकै (स्थान) मा पनि निरास पार्नसक्छन्,’ फेडेररले भने, ‘उनले निकै फरक किसिमले सर्भिस गरिरहेका छन् । उनले कसरी सर्भिस गर्थे र अहिले कस्तो गरिरहेका छन् र फिनिसिङमा कति चाँडै पुग्न सक्छन् भन्ने मलाई सम्झना छ ।’

यी दुईको ४० औं भेटलाई सर्बियाली नोभाक जोकोभिचले पाँचौंपल्ट उपाधि जित्दै दोस्रो रोजाइमा झार्न सक्छन् । शीर्ष वरीयता एवं विश्व नम्बर एक जोकोभिच नवौंपल्ट सेमिफाइनल पुगेका छन् । उनले डेविड गोफिनलाई सीधा सेटमा हराएर अल इंग्ल्यान्ड क्लबमा ७० औं जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेका थिए ।

३६ औंपल्ट ग्रान्ड स्लामको सेमिफाइनलमा पुगेका उनले १५ पल्ट उपाधि जितेका छन् । उनले सेमिफाइनलमा स्पेनी रोबर्टो बाउटिस्टा अगुटको सामना गर्नेछन् । ग्रान्ड स्लाममा २७ औंपल्ट सहभागी बाउटिस्टा पहिलोपल्ट सेमिफाइनल पुगेका हुन् ।

यी दुईको भेटमा ३१ वर्षीय जोकोभिचले ७–३ को अग्रता लिएका छन् र ग्रान्ड स्लाममा उनी ३–० ले अगाडि छन् । सन् २०१९ मा अगुटले जोकोभिचलाई लगातार दुईपल्ट (दोहा र मायमी) मा पराजित गरेका थिए ।

खुसीको खबर ; एक्कासी घट्यो सुनचादीको भाउ …

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको...

तीन दिनको मौसम ; वर्षाको प्रचुर सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमबिदको अनुरोध

काठमाडौं, २९ असोज । देशको पहाडी भु–भागमा आंशिक बदली र बांकी...

साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत को आदेश

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद...

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम...

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’भन्ने नारा का साथ १३ औ गोदावरी मेला हुदै

काठमाडौं। ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ। नेपालीहरुको...

युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग...

लालुमै पछिकै हिट भयो शिब हमालको सिलौटो

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत...

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर...

आखिर किन राजीनामा दिए कप्तान पारस खड्काले ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा...

देशभर कस्तो रहन्छ आजको मौसम ? हेर्नुहोस्

काठमाडौँ, २८ असोज । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा उल्लेखनीय मौसमी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology