अविरल वर्षाको कारण पहिरोले पुरी हजुरआमा र दिदीको निधन : ‘३ महिने नातिनी भने कोक्रोमा परेकाले बाच्न सफल , पढ्नुहोस्

विहिबार साँझबाट परेको अविरल वर्षातका कारण बनेपा नगरपालिका वडा नम्वर ३ साविक उग्रचण्डी गाविस ७ चुनातालमा बारी बगाउँदा घर भित्र रहेका दुई जनाको मृत्यु भएको छ भने दुईजनालाई स्थानीयले जिवितै उद्धार गरेका छन् ।‘हामी रोटी पकाउने तयारीमा थियौं, एक्कासी गल्र्याम गरेको आवा सुनियो, हतार हतार बाहिर निस्किएर हेर्दा आफ्नै जेठानी गोमा दंगालको घर पछाडी रहेको काल्लो बारी बगाएर घर पुरिएछ’–देउरानी रिता दंगालले भन्नु भयो–‘घर लडेको देख्ने वितिक्कै छिमेकीहरुसँग गुहार माग्यौं, तत्कालै सबै जम्मा हुनु भयो र उद्धारमा लाग्यौं ।’ घटना भएको ४/५ मिनेट पनि नहुँदै पुगेको रिताले बताउनुभयो।

२७ बर्षिया शुशिलाको छोरी सुहावी भित्रबाट बाहिर आउनै लाग्या पुरिईछन् भने कोक्रामा रहेकी ३ महिने छोरी जिउँदै अवस्थामा पछाडीको झ्यालबाट उद्धार ‘हतार हतार हामीले पुरिएका मान्छेहरु निकाल्ने प्रयत्न ग¥यौं, जेठानी गोमा माख्लो तल्लामा ओछ्यानमा हुनुहँदो रहेछ, ब्लान्केट ओढेर सुतेकाले होला, ब्लान्केटमै गुटुमुटु हुनुहुँदो रहेछ ।

आधा टाउको बाहिर र जिउ भित्र भएकाले बाँचेकै भन्ने सोच्यौं तर उहाँ वितिसक्नु भएछ’–रिताले घटनाका बारेमा भन्नु भयो–‘घर भित्रको चुल्हो र मुल ढोकाको याद रहेकाले गोमाको बुहारी शुशिला दंगाल खोज्न लाग्यौं । उनी मुल ढोकामा च्यापिएको अवस्थामा आधा शरिर बाहिर र आधा भित्र भएको अवस्थामा फेला परिन । २७ बर्षिया शुशिलाको छोरी सुहावी भित्रबाट बाहिर आउनै लाग्या पुरिईछन् भने कोक्रामा रहेकी ३ महिने छोरी जिउँदै अवस्थामा पछाडीको झ्यालबाट उद्धार भयो ।’

घरलाई पहिरोले थिच्दा शुशिला छोरी लिएर बाहिर निस्कन लाग्दा ढोकामै थिचिएको बताईएको छ । घर भित्र रहेका चार जना मध्ये हजुरआमा गोमा दंगाल र नातिनी सुहावीले ऐया भन्न पनि पाएनन । बाँचेकी बुहारी शुशिलाले बचाउ बचाउ भन्दै चिच्याएकी थिईन् । उनले घर भित्र सासु र दुई छोरी मात्रै रहेको बताए पछि उद्धारमा सहज भएको थियो । त्यति भने लगत्तै उनी बेहोस भएकी थिईन् । बनेपाको शिर मेमोरियल अस्पतालमा शुशिला र ३ महिने छोरी अनुस्का दाहालको उपचार भईरहेको छ । अस्पतालले दुबैलाई खतरा मुक्त भएको घोषणा गरेको छ ।

विहान १०.४० बजेको समयमा शुशिला खाना पकाउँदै थिईन् । सासु गोमा पानी परिरहेकाले ओछ्यानमा सुतिरहेकी थिईन् । जेठी छोरी सुहावी आमासँगै चुल्होमा थिईन् भने कान्छी काखकी ३ महिने छोरी अनुस्का कोक्रोमा थिईन् । घरलाई पहिरोले थिच्दा शुशिला छोरी लिएर बाहिर निस्कन लाग्दा ढोकामै थिचिएको बताईएको छ । गोमाका श्रीमान रामप्रसाद दंगाल दुध लिएर बनेपामा विक्री गर्न गएका थिए भने उनका छोरा अथार्त शुशिलाका श्रीमान हरिशरण दंगाल बैदेशिक रोजगारको सिलसिलामा दुबईमा छन् । अर्का छोरा र बुहारी बनेपामा बस्दै आएका छन् ।

भुकम्पले घर चर्किएपछि केहि समय टहरामा बस्दै आएका रामप्रसाद दंगालको परिवार गत वर्ष देखि त्यहि चर्किएको घरमा बस्दै आएका थिए । भुकम्प पछिको पुर्ननिर्माणका लागि उपलब्ध अनुदान रकमले बनेपामा घर बनाउँदै भए पनि सम्पन्न नभएकाले बस्न थालेका थिएनन् । घर पुरिएपछि अन्नपात केहि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निकालेका छन् ।

पत्रकार विनय गुरुवाचार्यको निधन

अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ...

महराको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन मगाउने उच्च अदालतको आदेश

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत...

फर्सि खानुको फाइदा

फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ ।...

मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई...

उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्छु : मन्त्री लेखराज भट्ट

चितवन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका...

जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख...

सुनको मूल्य घट्यो…

काठमाडौं : नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ। शुक्रबार...

मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा अवस्थाको बारेमा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा...

म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन

म्याग्दी : म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन्...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology