लुम्बिनी मेडिकल कलेजबाट जन्मेको ४ घण्टामै नवजात शिशु चोरी ? चोर्नुको मुख्य रहस्य बाहिरियो ….

पाल्पा। शुक्रबार पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट जन्मेको ४ घण्टामै नवजात शिशु चोरी भयो । यो चोरीले त्यस क्षेत्रमा हंगामा मच्चायो । कसले चोर्यो ? किन चोर्यो ? कहाँ लिएर गयो ? जस्ता अनेकौं प्रश्न उठे । बच्चा जन्माउने महिलाकी आमाले आफूसँगबाट बच्चा अर्की एक महिलाले लिएको भनिन् । त्यसपछि ती महिलालाई खोज्दै जाँदा स्याङजाको मिर्मीमा भोलिपल्ट बच्चासहित भेटिइन् ।

बच्चा चोर्ने महिला थिइन् स्याङजाको गल्याङ नगरपालिका ५ की बिमकला पाण्डे । बिमकला पहिल्यै छोराछोरी भएकी महिला हुन् तर उनले किन बच्चा चोरिन् त ? यसको कथा कुनै सननीपूर्ण थ्रिलर फिल्मको भन्दा कम छैन । ३६ वर्षीया बिमकलाका २ छोरा र २ छोरी पहिल्यै छन् । उनका श्रीमानको मृत्यु भइसकेको छ ।

बिमकला कालीगण्डकी जलविद्युत परियोजना मिर्मीमा सरसफाइ कर्मचारीको रुपमा कार्यरत थिइन् । श्रीमानको मृत्यु भइसकेकी उनको सामाजिक संजालबाट नेपालगञ्जका गोविन्द भण्डारीसँग माया बस्यो । ०७५ कार्तिकमा उनीहरू बीच विवाह भयो । बिमकलाले पहिलेका श्रीमानबाट ४ सन्तान भएपछि स्थायी परिवार नियोजन गरिसकेकी थिइन् तर दोस्रो विवाह गरेपछि उनलाई आपत पर्यो ।

श्रीमानले बच्चा चाहिने कुरा गरेपछि उनी अत्तालिइन् तर श्रीमानलाई आफूले परिवार नियोजन गरेको वास्तविकता भने बताइनन् । यही बीचमा उनका श्रीमान भण्डारी विदेश गए । श्रीमान विदेश गएपछि बिमकलाले फोनमा आफू गर्भवती भएको भनेर ढाँटिन् । त्यतिबेला यसरी ढाँट्नु उनलाई सजिलै लाग्यो तर जब समय बित्दै गयो उनलाई ढाँटेको कुरालाई साँचो प्रमाणित गर्न कठिन बन्दै गयो ।

श्रीमानलाई मात्र नभइ उनले आफ्ना छिमेकी सहकर्मीदेखि सबैलाई गर्भवती भएको भनेर ढाँटेकी थिइन् । उनले गर्भवती भएको जस्तो व्यवहार देखाउने, पेटमा कपडा बाँधेर पेट बढाउने गायतका हर्कत गर्दै गइन् । ९ महिनासम्म यो क्रम चलिरह्यो तर जब ९ महिना पुग्यो त्यसपछि फेरि संकट आयो । हुँदै नभएको बच्चा कहाँबाट जन्माउनु ? उनले कुनै विकल्प देखिनन् र बच्चा चोर्ने निष्कर्षमा पुगिन् ।

बच्चा चोर्ने नियतले उनी पाल्पा आइन् र लुम्बिनी मेडिकल कलेजमा आएर अड्डा जमाइन् । उनको नियत बच्चा चोर्ने नै थियो तर उनले मौका पाएकी थिइनन् । संयोगले त्यहाँ मानसिक रुपले केही कमजोर दम्पती बच्चा जन्माउन आइपुगे । उनीहरु थिए तानपा ९ डाँडाडुम तिलाहारका किसान राना र उनकी पत्नी जमुना राना । बिमलाले त्यसअघि पनि अन्य महिलाको मन जित्ने र बच्चा लिने प्रयास गरिरहेकी थिइन् । यद्यपि यी दम्पतीको बच्चा चोर्नु उनलाई सजिलो लाग्यो ।

बच्चा जन्माएको केही घण्टापछि जमुनाकी आमा ईश्वरी ज्वानोको झोल लिन क्यान्टिन जानुपर्ने भयो । जमुनाका श्रीमान किसान कामविशेषले बाहिर गएका थिए । भखैर बच्चा जन्माएकी जमुना अर्धचेत थिइन् । ईश्वरीले बच्चा छोरीसँगै राखेर क्यान्टिन जान खोजिन् त्यही बेला बिमकलाले बच्चा छाडेर नजानुस् बरु म सहयोग गर्छु भनिन् । त्यसपछि बिमकलाले बच्चा काखमा लिएर ईश्वरीसँगै क्यान्टिन गइन् । ज्वानोको झेल लिएर फर्कदा ईश्वरी अघिअघि थिइन्, बच्चा लिएकी बिमकला पछिपछि ।

ईश्वरी अघिअघि छोरी भएको ठाउँमा पुगिन् तर पछिपछि भएकी बिमकला बच्चा लिएर अस्पतालबाट बाहिरिइन् । बच्चा लिएकी बिमकला नफर्किएपछि उनको खोजी भयो तर उनी भेटिइनन् । बिमकलाले पहिले पनि बच्चा मलाइ दिनुस् भनेकी थिइन् । त्यसो भन्दा ईश्वरीले गाली गरेकी थिइन् । यो कुरा सम्झेपछि ईश्वरीलाई शंका लाग्यो तर उनले बिमकलालाई चिनेकी थिइनन् । बिमकलाले त्यहाँ सोध्नेहरुलाई आफ्नो ठेगाना सत्य बताएकी थिइनन् । कोहीलाई कहाँ कोहीलाई कहाँ बताएकी थिइन् ।

खोज्न जाने कहाँ भन्ने अन्योल भयो त्यसपछि प्रहरीलाई खबर गरे । सुत्केरी जमुना, श्रीमान् र आमा सीधा स्वाभावको फाइदा उठाएर शिशु लिएर बिमकला कालीगण्डकी जनविद्युतको क्वार्टरमा पुगिन् । प्रभासबाट बस चढेकी उनी स्याङजाको जिरोबाट भने जीपमा गएकी थिइन् । विमकलाले बच्चा चोरेपछि अस्पतालको गेटबाटै भाग्दै गर्दा कसैले पत्तो पाएनन् । अस्पतालको मुखमै रहेको प्रहरी चौकी अगाडिबाट पोखराको बसमा चढेकी थिइन् ।

उनी स्याङ्जाको जीरोका लागि साढे ३ बजे त्यहाँबाट हिडेकी थिइन् । राती सवा ७ बजे मिर्मिको विद्युत् प्राधिकरण क्याम्पमा रहेको कर्मचारी क्वाटरमा पुगेको अनुसन्धानमा खटिएका प्रहरीले बताए । शिशु चोरिएको सामाजिक सञ्जाल, अनलाइनबाट जतासुकै फैलियो । प्रहरीले भने ढिला सूचना पायो । प्रहरीले सूचना पाउन्जेल ती महिना पाल्पा कटिसकेकी थिइन् । तत्काली प्रहरी र अस्पतालका कर्मचारी, सुरक्षागार्डले वरपर र शंकास्पद स्थानमा खोजी सुरु गरे ।

प्रहरीले सिसिटिभीको फुटेज हेरेर सोही अनुसार फलो गर्यो । रुपन्देही, स्याङजा, गुल्मी लगायत विभिन्न स्थानमा प्रहरीले खोजी सुरु गरेको थियो । रातभर बाहिर जिल्लामा जाने सवारी साधनको निगरानी राख्यो । तर विद्युत् प्राधिरकरण मिर्मि स्याङजाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा उनी शनिबार बिहान पक्राउ परिन । विद्युत् क्याम्पका सुरक्षाकर्मीले रातभरी बच्चा रोएको सुनेका थिए । त्यहाँ कोही पनि सुत्केरी हुने थिएनन् । अनलाईन र सामाजिक सञ्जालमा बच्चा हराएको भन्ने देखेका उनीहरूले केही शंका गरेरै खबर गरेका थिए ।

अस्पतालले हराएका नवजात शिशुका बुवालाई रोजगार दिने भएको छ । सुत्केरी आमा र बच्चालाई आजीवन निःशुल्क उपचार गर्ने जनाएको छ । बच्चा भेटिएपछि मेडिकल कलेज र पीडित पक्ष बीच सहमति भएको हो । सहमति पत्रमा कलेजका कार्यकारी अध्यक्ष गोपालप्रसाद पोखरेल र तानसेन–९ का वडाध्यक्ष हरिसुमर रेग्मीले संयुक्त हस्ताक्षर गरेका छन्।

खुसीको खबर ; एक्कासी घट्यो सुनचादीको भाउ …

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको...

तीन दिनको मौसम ; वर्षाको प्रचुर सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमबिदको अनुरोध

काठमाडौं, २९ असोज । देशको पहाडी भु–भागमा आंशिक बदली र बांकी...

साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत को आदेश

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद...

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम...

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’भन्ने नारा का साथ १३ औ गोदावरी मेला हुदै

काठमाडौं। ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ। नेपालीहरुको...

युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग...

लालुमै पछिकै हिट भयो शिब हमालको सिलौटो

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत...

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर...

आखिर किन राजीनामा दिए कप्तान पारस खड्काले ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा...

देशभर कस्तो रहन्छ आजको मौसम ? हेर्नुहोस्

काठमाडौँ, २८ असोज । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा उल्लेखनीय मौसमी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology