अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविद्को भनाई …

काठमाडौं, ३० असार । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

‘आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ’, मौसमविद् नगरकोटीले भनिन् । आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरिएको हो ।यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानुमान महमशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ । त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डाटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ ।

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै कञ्चनपुरमा दुई महिलालाइ गरे यस्तो

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology