अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९० पुग्यो, कहाँ कति ? हेर्नुहोस्

अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९० जनाको पुगेको छ।विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ–छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच–पाँच जनाले ज्यान गुमाएका छन् ।

ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार–चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन–तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई–दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएका छन् ।त्यस्तै १२ हजार घरधुरी विस्थापित भएका छन्। बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात, इलाम, मोरङ र सिन्धुलीमा तीन–तीन जना छन् ।

अहिलेलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ ।अहिले राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै कञ्चनपुरमा दुई महिलालाइ गरे यस्तो

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology