
अहिलेसम्मकै पहिलो पटक अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको म्युजीक भिडियोको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को आवेदन दर्ता फर्म खुल्ला गरिएको छ । वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा हुन गईरहेको यस अवार्डमा सहभागीता जनाउन चाहाने कलाकारहरुले यहि जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट दर्ता गराउन सक्नेछन् । अवार्डको लागि एउटा गीतको प्रतिष्पर्धाको लागि २ हजार नेपाली रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।
फर्म कहाँ पाइन्छ र कसरी भर्ने ?
यस ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’मा जम्मा १३ बिधा छुट्टाइएको छ । यहि कुनैपनि कलाकारले उक्त बिधामा रहेर आफ्नो सिर्जनाबाट अवार्डको फर्म भर्न चाहानुहुन्छ भने यस अवार्डको अफिसियल वेवसाइट (https://wnmusicaward.com/#/ ) मा गएर सजिलै फर्न सक्नुहुनेछ । फर्म भरिसकेपछि नेपाल भित्रबाट ग्लोबल आईएमई र नेपाल बाहिरबाट टिडी बैंकमार्फत नेपाली दुई हजार रुपैंया डिपोजिट गर्नुपर्नेछ । यस्तै ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को काठमाडौं चाबहिलस्थित गणेशमन्दिर छेउमा रहेको प्रधान कार्यायलमार्फत पनि फर्म सजिलै पाउन सक्नुहुनेछ ।
सेप्टेम्बर १ गतेदेखि १५ गतेसम्म ५ जना राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई निर्णायकको रुपमा छनौट गरिने वर्ल्ड कनेक्सन युएस इन्कका अध्यक्ष आङ गेलु शेर्पाले बताए । सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरूलाई निर्णायकको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् । आउँदो २३ नोभेम्बरमा अर्वाडको फाइनल हुने अवार्ड संयोजक सुमन बुढा मगरले जानकारी दिए । आर्टिष्ट खबर डटकम र हिमालय टाइम्स राष्ट्रिय दैनिक ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को अफिसियल मिडिया पार्टनरको रुपमा रहेका छन् ।
बिधाहरु यसप्रकार रहेका छन्ः
१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला
२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला
३. आधुनिक गीतः पुरुष र महिला
४. लोक दोहोरी गीतः पुरुष र महिला
५. लोक गीतः पुरुष र महिला
६. गीत्कार
७. संगीतकार
८. म्यूजीक भिडियो निर्देशन
९. संगीत संयोजन
१०. लोपन्मुख गीतः पुरुष र महिला
११. पप गीतः पुरुष र महिला
१२. लोक गीत लय संकलक
१३. म्युजीक भिडियो मोडलः पुरुष र महिला

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...