कहा जादै छ देश ; पाल्पाको ऐतिहासिक तथा पुरातात्विक रानीमहलको जग्गा पनि व्यक्तिका नाममा, अब के हुन्छ , हेर्नुहोस्

काठमाडौं। पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ। रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको छ।

कित्ता नं १६६ को १३ रोपनी नौ आना दुई पैसा क्षेत्रफलमध्ये कित्ता नं ६६० बनाई पाँच रोपनी तीन पैसा जग्गा व्यक्तिका नाममा दर्ता गरेको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले प्रतिवेदनमा उल्लेख गरेको जानकारी गराए। मालपोत कार्यालयमा २०६० मङ्सिर १६ गते कित्ता नं १६६ बाट कित्ता नं ६६० र ६६१ काटिएको छ तर १६६ नम्बरको उक्त कित्ता जग्गा नापी विभाग, कित्ता नापी महाशाखाको अभिलेखमा भने कित्ताकाट नगरिएको पाइएको प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा ती दुई कित्तामध्ये ६६० नम्बरको कित्ता खङ्गेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठका नाममा मालपोत कार्यालयमा श्रेस्ता कायम गरिएको छ भने कित्ता नं ६६१ नापी कार्यालयमा नक्साङ्कन गरिए पनि श्रेस्ता भने कायम गरिएको पाइएको छ। ६६० नम्बरको कित्ताका मोही श्रेष्ठबाट पनि २०७२ साल असोज ५ गते मोही सारी अर्कैको नाममा बनाइएको छ।

उनको नामबाट उक्त कित्ता नजरमान श्रेष्ठ, तारामान श्रेष्ठ, नीलम श्रेष्ठको नाममा नामसारी भएको मालपोत कार्यालयमा देखिन आएको बताइएको छ। आठ रोपनी नौ आना एक दाम एक पैसा क्षेत्रफल रहेको कित्ता नं ६६१ जग्गामा मोही महलमा चक्रपाणि पाण्डे, थपबहादुर थापा, दुर्गाबहादुर थापा रहेको मालपोत कार्यालयमा रहेको दर्ता कित्ताबाट देखिन आएको प्रतिवेदनमा उल्लेख गरिएको छ तर ती मोहीले भने जग्गा श्रेस्ता कायम गर्न सकेका छैनन्।

“कित्ता नं १६६ नापी विभागबाट प्राप्त नक्सा कित्ताकाट नभएको तर नापी कार्यालय पाल्पाबाट प्राप्त नक्सामा कित्ताकाट भएको देखिएकाले कहिले कसरी कुन प्रमाणको आधारमा कित्ताकाट भएको हो”, प्रतिवेदनमा भनिएको छ, “सो नामसारी गर्दा के कुन प्रमाणका आधारमा नामसारी भएको हो प्रमाण खुल्ने कागजात नदेखिएकालेसो कार्य कानूनसम्मत देखिएन ।”

यसैगरी साविक बौद्धगुम्बा गाविस–२ मा रहेको सरकारी जग्गा कित्ता नं ४६७ पनि रानीघाट गुठी बनाई मोही थानबहादुर श्रेष्ठको नाम दर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त १२ रोपनी नौ आना दुई पैसा क्षेत्रफल रहेको जग्गा मोहीका नाममा दर्ता गरिएको हो।

यसैगरी रानीमहलकै फूलबारी भनी छुट्टाइएको कित्ता नं ४६६ पनि कित्ताकाँट गरिएको पाइएको छ। १७ रोपनी १३ आना एक पैसा क्षेत्रफल रहेको उक्त जग्गा २०६२ माघ १८ गते नापी विभागमा शङ्कास्पद रुपमा पेन्सिललाइन कित्ताकाँट भएको देखिन आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। केन्द्रले रानीमहलको सरकारी जग्गा व्यक्तिका नाममा बनाएकामा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको केन्द्रका सूचना अधिकारी अर्यालले जानकारी दिए।रासस

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ

काभ्रेपलाञ्चोक । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी...

‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा उर्जा सम्मेलन शुरु हुँदै

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा...

वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु , पाँचजना घाइते

सर्लाही : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ...

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

चर्चित एरेन्जर तथा गायक बिनोद बाजुरलिले पनि दिए सचिब पदको लागि उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

चर्चित मोडल महेन्द्र गौतमले पनि दिए दोहोरी प्रतिष्ठानको केन्द्रिय सदस्यको उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

संचारकर्मी एवं गीतकार दुर्गा पंगेनीले पनि दिए केन्द्रिय सदस्यको उमेदवारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

लोक गायक बिरही कार्कीले संचालन गरेको फुलमाया फाउन्डेसनमा थपियो अर्को खुसि

लामो समय देखि फुलमाया फाउन्डेसनले गर्दै आएको सामाजिक कामले अझ थप...

नेपाली भुमि फिर्ता गर्न देशभक्त लोकतान्त्रिक पार्टीले गर्यो चर्को बिरोध प्रदशन

काठमाडौं । नेपालको अतिक्रमित भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology