मनसुनी वर्षा भारी वर्षामा परिणत हुने सम्भावना बढी भएकाले नदीको बहाव उच्च हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह !!!

काठमाडौँ, ५ साउन । पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

“शनिबार र आइतबार हुँदै सोमबार पुग्दा मनसुनी वर्षा भारी वर्षामा परिणत हुने सम्भावना छ,” उहाँले भन्नुभयो, “मध्य र पूर्वका अधिकांश भूभागमा भारी वर्षा हुनसक्छ । ” त्यसका लागि अहिलेदेखि नै आकाशमा मनसुनी प्रणालीले पकड जमाउँदै गएको उहाँले बताउनुभयो ।

विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उहाँ बताउनुहुन्छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उहाँको भनाइ थियो ।

अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ । अचानक पानी पर्ने र रोकिने गर्दा पनि बाग्मती, विष्णुमती लगायतका नदीमा जलसतह बढ्ने–घट्ने प्रक्रिया चलिरहेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

दुई/तीन दिन बहाव सतर्कता तहभन्दा तल रहे पनि साउन ८ र ९ ताका मध्य तथा पूर्वी भेगको नदीको बहाव उच्च हुने भएकाले सतर्कता अपनाउनुपर्ने भनाइ महाशाखाको छ । जलविद् सुनिल पोखरेलले भन्नुभयो, “कन्काई, बाग्मती लगायतका नदीमा बाढी उच्च हुने सम्भावना छ, अहिले पनि केही नदीले सतर्कता तह पार गर्ने र तल झर्ने गरिरहेको अवस्था हो । ”

साना नदीमा जति बेला पनि बाढी आउन सक्ने भएकाले स्थानीयवासीलाई जिउज्यानको ख्याल गरेर यात्रा गर्न उहाँले सुझाउनुभयो । लगातारको वर्षाका कारण यसपटक पहाडी भेगमा पहिरोको उच्च सम्भावना रहेको मौसमविद् औँल्याउँछन् ।

लागूऔषध सहित मनिष साह पक्राउ

सर्लाही – मलगंवा नगरपालिका—८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल...

मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस , ताल तथा खोलाको पानी जम्यो

मुस्ताङ : चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ...

चार वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान...

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

सात किलो चरेस सहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology