दुई महिनापछि सुरु भयो गौतम बुद्ध क्रिकेट रंगशालानिर्माणको कार्य ,दशैंअघि डीपीआर हुने ….

७, साउन, चितवन । जेठ १५ गतेदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम झण्डै दुई महिनापछि मंगलबार सुरु भएको छ ।धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले विहान सिमसिमे पानीमा बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम सुरु गरे । मजदुरहरू काममा खटिएका छन् भने फाउण्डेसनको साइट कार्यालय पनि खुलेको छ ।

मंगलबार साँझ थप कामदारहरु साइटमा आइपुग्ने धुर्मुसले जानकारी दिए । निर्माणस्थलको सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण थालिएको रंगशालाको तीनतर्फ जस्तापाताले घेरेर बार लगाइएको छ । पश्चिमतर्फ बाटोसम्बन्धी विवाद हुँदा जस्तापाताले घेरिएको छैन ।

मैदानका लागि रोपिएको दुवोको संरक्षण र हेरचाहका लागि नेपालकै वरिष्ठ क्यूरेट कोमलबहादुर पाण्डे चितवन आउँदैछन् । वर्षायाममा अरु काम हुन नसक्ने हुनाले झाडी हटाउने, कर्मचारी तथा मजदुर आवासको भवन बनाउने, त्यसको रंगरोगन गर्नेलगायतका काम गर्ने धुर्मुसले बताए ।

जेठ १५ गते स्थानीयको एउटा समूहले रंगशाला निर्माणस्थलको बारमा डोजर चलाएपछि फाउण्डेशनले काम गर्ने वातावरण नभएको भन्दै काम स्थगित गरेको थियो । जिल्लास्तरमा गठित रंगशाला निर्माण सहयोग समितिले वातावरण सहज भएको भन्दै काममा फर्किन फाउन्डेसनलाई अपिल गरेको थियो ।

दशैंअघि डीपीआर, तिहारपछि निर्माण
गत माघ १६ गते रंगशाला निर्माणका लागि चितवन आएको धुर्मस सुन्तली फाउण्डेसनले भदौभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने र रंगशाला शिलान्यास गर्ने बताएको थियो । तर निर्माणमा अवरोध भएपछि डीपीआर निर्माणको काम एक महिना पछि धकेलिएको छ ।

फाउन्डेसनका अध्यक्ष धुर्मुसले दशैं अगाडि नै डीपीआर तयार हुने बताए । ‘दशैं अगाडि नै रंगशालाको डीपीआर आइसक्छ तिहारपछि काम धमाधम अघि बढ्छ’ उनले भने ।डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कम्पनीले संयुक्त रुपमा गरिरहेका छन् । नेपालमा क्रिएटिभ र भारतमा हफिस नामका कन्सल्टेन्सीले संयुक्त रुपमा काम गरिरहेका हुन् ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भने अन्तिम चरणमा पुगेको धुर्मुसले बताए । रकम संकलन भएमा दुई बर्षभित्रै रंगशाला निर्माण सक्ने प्रतिवद्धता भने यथावत रहेको धुर्मुस बताउँछन् ।

रकम संकलनमा तिब्रता

फाउन्डेसन र जिल्ला स्तरीय निर्माण सहयोग समितिले सहयोग घोषणा गरिएको रकम संकलनलाई तिब्रता दिने भएको छ । साउन ५ गते बसेको बैठकले बोलेको रकम उठाउने र थप रकम उठाउने अभियान नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

झण्डै तीन अर्ब लाग्ने रंगशाला निर्माणका लागि सर्वसाधारणबाट ६ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ६ करोड ४५ लाख र प्रदेश नं तीन सरकारले ५ करोड रुपैयाँ दिने निर्णय गरिसकेका छन् । ‘६ करोड जति बोलेको रकम छ, तर रकम हात परेको छैन’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘बोलेको रकम नपाउँदा डीपीआरको कामसमेत प्रभावित बनेको छ ।’

विदेशमा कार्यक्रम गरी ल्याएको एक करोड ३० लाख रुपैयाँबाट रंगशालाको हालसम्मको काम गरिएको उनको भनाइ छ ।रंगशाला निर्माणका लागि चितवनका ७ वटै स्थानीय तहमा समेत सहयोग संकलन समिति गठन गरिने भएको छ । रंगशालाकै लागि जिल्लास्तरमा लेखा, प्राविधिक, निर्माण व्यवस्थापन, खेलकुद समिति बनिसकेको धुर्मुसले जानकारी दिए ।

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै कञ्चनपुरमा दुई महिलालाइ गरे यस्तो

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology