विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपालको लज्जास्पद हार …

काठमाडौं, १२ साउन । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ ।

जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।कप्तान पारसले १२ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए । मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिँदै नेपालको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको ।

सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बल सामना गर्दै ८ चौका र ३ छक्का हिर्काए ।त्यस्तै, ओपनर रोहन रंगाराजनले ३३ बलमा ४९ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र ४ छक्का हिर्काए । विकेटकिपर मनप्रित सिंहले पनि २७ बलमा ४२ रन बनाउँदै सिंगापुरलाई विशाल लक्ष्यतर्फ डोर्याए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।

नेपालका लागि अभिनाष बोहराले कसिलो बलिङ गर्दै ४ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले ३५ रन खर्चिए । त्यस्तै करण केसीले ३ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए ।

आजको खेलमा नेपालका दुई स्पीनर सन्दीप लामिछाने र बसन्त रेग्मी निकै महंगो साबित भए । दुवैले कुनै विकेट लिन सकेनन् र ७ ओभरमा ८८ रन खर्चिए ।नेपाललाई हराउँदै सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।नेपालले पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी कलाकारहरुले खबरदारी गरे देश भक्ति गीत बाट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र...

फेरी लोक गायक पशुपति शर्माले शान्ता परियार संग गाए ‘कल्ले कान फुक्यो र’

आफ्ना हरेक गीतमा नयाँपन दिने लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले...

लोकप्रिय गायक बद्री पंगेनीले गाएको सुबास रेग्मीको किन होर?बजारमा

काठमाडौँ – सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित...

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक

अनुभव रेग्मी प्रेम तथा योगिशा खत्री गीत लाोई चलचित्र “प्रेमगीत ३”का...

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट पुरस्क‌ृत

काठमाडौं । नेपाल विद्युत्त प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘नास्ट प्रविधि...

महिला क्रिकेट : श्रीलंकासँग नेपाल पराजित

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा...

रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या

रुपन्देही : रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको...

आगामी सातादेखि ‘स्मार्ट लाइसेन्स’ छापिने

काठमाडौं : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि...

नेपाललाइ साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक

काठमाडौं : नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology