
काठमाडौँ – आज साउन १५ गते अर्थात खीर खाने दिन । मुलुकका विभिन्न स्थानमा यस दिनलाई विशेष महत्वका रुपमा खीर खाएर मनाइने गरिन्छ ।विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो ।
यस्ता छन् खीरका फाइदा
डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।साउन महिनामा झरी पर्ने भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि दूधबाट बनेको खीर लाभदायक हुन्छ किनभने खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाइन्छ यसका साथै गाईको दूधबाट बनाएको खीरबाट भिटामिन ‘ए’ पर्याप्त मात्रामा पाइन्छ।पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पाचन प्रक्रिया सहज हुन्छ ।

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिा ‘साग’मा पदक विजेता...

काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै...

सर्लाही – मलगंवा नगरपालिका—८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल...

मुस्ताङ : चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ...

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान...

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...