किन उठ्छ मानिसलाई रिस ? कसरी राख्ने रिसमाथि नियन्त्रण ? पढ्नुहोस्

कहिलेकाहिँ रिस उठ्नु सामान्य हो । भलै, रिसले फाइदाभन्दा हानि नै ज्यादा गर्छ । खासमा रिस उठ्छचाहिँ किन त ?वैज्ञानिकहरुको भनाइमा रिस हाम्रो भावनालाई व्यक्त गर्ने एक माध्यम हो । जतिबेला हामी कुनै समस्यामा पर्छौं या मनमा कुनै डर पस्छ, कुनै चिज गुमाउने डर हुन्छ तर त्यसको सामना गर्ने कुनै उपाय वा आँट हुँदैन, त्यतिबेला हामीलाई रिस उठ्छ ।

कुनैबेला हामी कसैलाई आफ्नो कुरा सम्झाउन चाहन्छौँ तर दोस्रो व्यक्ति कुरा सुुन्नुको साटो वादविवाद गर्न थाल्छ । यस्तो अवस्थामा हामी आफ्नो साधारण स्वरुप बिर्सेर ऊप्रति रिस पोख्न थाल्छौँ ।

रिस उठेका बेला हर्मोनको प्रभावले हाम्रो दिमाग शून्य हुन्छ । यसको असर हाम्रो सोच्ने क्षमतामा पर्छ । त्यसैले, हामी कसैलाई नराम्रो व्यवहार गर्न पुग्छौँ । अनि पछि पछुतो हुन्छ ।

रिस कम गर्ने / नियन्त्रणमा राख्ने उपाय

सादा खाना : शरीरमा कुनै पनि समस्याको सुरुआत खानपानको गडबडीले हुन्छ । ज्यादा मसालेदार खाना शरीरका लागि हानिकारक छ । यसबाट शरीरमा ज्यादा गर्मी पैदा हुन्छ, जसले रिस ज्यादा उठाउँछ । त्यसैले, धेरै रिस उठ्ने मान्छेले सधैँ सादा (तेल, मसला, पिरो कम भएको) खाना खानुपर्छ ।

व्यायाम : घरी–घरी रिसाउने बानीले शरीरमा रिससँग सम्बन्धित रसायनको मात्रा बढ्दै जान्छ । यसलाई निकाल्ने सबैभन्दा राम्रो उपाय व्यायाम हो । त्यसैले, रिस कम गर्न हरेक बिहान व्यायाम गर्नुपर्छ ।

पूरा निद्रा : रिस त्यतिबेला उठ्छ, जतिबेला तनाव बढ्छ । रिसको सिधा सम्बन्ध तनावसँग हुन्छ । तनाव कम गर्ने सबैभन्दा राम्रो उपाय पूरा निद्रा लिनु हो । तनाव घट्दा रिस आफैँ घट्छ ।

आफन्तसँग कुरा गर्ने : यदि ट्राफिक जाम देखेर रिस उठ्छ भने त्यो बेला साथीसँग कुरा गर्दा रिस कम हुन्छ । यस्तो नभए आफूले आफैसँग कुरा गरेर मन शान्त गराउन सकिन्छ ।

मनोचिकित्सकसँग परामर्श : सधैँ रिस उठेको महसुस हुन्छ भने यो एक गम्भीर मानसिक रोग हुन सक्छ । मस्तिष्कमा रसायनको अनुपात वा सन्तुलन बिग्रँदा रिस धेरै उठ्छ । यस्तो अवस्थामा तुरुन्तै मनोचिकित्सकलाई भेट्नुपर्छ । उपचार गराउनुपर्छ ।

नसालु पदार्थ सेवन नगर्ने : नसालु पदार्थले मस्तिष्कलाई उत्तेजित बनाउँछ, र ज्यादा रिस उठाउँछ । त्यसैले, रिस कम गर्न नसालु पदार्थबाट टाढै रहनुपर्छ ।

लामो, गहिरो सास लिने : रिस उठ्नेबित्तिकै लामो सास फेर्नाले रिस कम हुन्छ । यसले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ र दिमाग शान्त हुन्छ । यसका लागि एकान्त ठाउँको खोजी गर्न सकिन्छ ।

संगीत सुन्ने : रिस उठेका बेला मनपर्ने गीत सुन्दा रिस शान्त हुन्छ । यसलाई म्युजिक थेरापी भनिन्छ ।

खुसीको खबर ; एक्कासी घट्यो सुनचादीको भाउ …

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको...

तीन दिनको मौसम ; वर्षाको प्रचुर सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमबिदको अनुरोध

काठमाडौं, २९ असोज । देशको पहाडी भु–भागमा आंशिक बदली र बांकी...

साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत को आदेश

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद...

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम...

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’भन्ने नारा का साथ १३ औ गोदावरी मेला हुदै

काठमाडौं। ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ। नेपालीहरुको...

युटुबमा भाइरल भएकी समिक्षा अधिकारीले गाएको देउसी भैलो गीत यस्तो बन्यो-भिडियो

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतीमा कलाकार नन्दराम परियारको ‘आयो तिहार भाग...

लालुमै पछिकै हिट भयो शिब हमालको सिलौटो

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत...

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर...

आखिर किन राजीनामा दिए कप्तान पारस खड्काले ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा...

देशभर कस्तो रहन्छ आजको मौसम ? हेर्नुहोस्

काठमाडौँ, २८ असोज । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा उल्लेखनीय मौसमी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology