जानिराख्नुहोस गर्मीमा शरीरलाई शितल राख्न मद्धत गर्ने उपायहरु …

एजेन्सी – गर्मीको समयमा हाम्रो शरीर धेरै तात्ने गर्छ । यस समयमा हाम्रो शरीरको पानी पसिनाको रुपमा धेरै मात्रामा बाहिर निस्कन्छ । त्यसैले हामीलाई गर्मी महसुस हुने गर्छ । यतिखेरको समयमा हाम्रो शरीरले जतिसक्दो चिसो र शितल खोज्ने गर्छ । गर्मीले गर्दा मानिसको पुरा शरिरनै गल्ने गर्छ । त्यसैले मानिसहरुलाई काम गर्न पनि निकै अप्ठ्यारो हुन्छ । यस समयमा खानेकुरामा पनि बडी ध्यान दिनुपर्छ । नत्रभने हाम्रो शरिलाई असर पर्ने गर्छ । आफ्नो शरीरलाई कसरी गर्मी देखि टाढा राख्ने भन्ने कुरा राम्रोसंग जान्नुपर्छ । शरीरलाई खानपानको माध्यमबाट शितल राखियो भने हामीलाई गर्मीको कुनै पनि असर पर्दैन ।

शरीरलाई शितल राख्न मद्धत गर्ने उपायहरु यस्ता छन् स्
१ गर्मीमा पसिना बढी आउँछ। त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुङ्ग उडेजस्तो हुन्छ।

२ पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन्। पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ।

३ गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ। ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ।

४ गर्मीमा चिसो पानी प्रशस्त खाने गर्नाले पाचन प्रणालीमा सुधार आउँछ भने शरीर शीतल हुन्छ।

५ गाँजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ। गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हो। यसले एसिडिटीको समस्याबाट पनि छुटकारा दिलाउँछ। यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ।

६ गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुहोस्। यस्तो हलुका खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन। साथै, शरीरलाई गर्मी हुन दिँदैन।

७ गर्मीमा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ। यसो गर्दा वजन बढ्दैन। साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छ।

८ व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ।

९ रातको खाना खाएपछि १५–२० मिनेट टहल्नु लाभदायक हुन्छ। जाडोमा भन्दा गर्मीमा बाहिर हिँड्न सहज हुन्छ र शितल पनि हुन्छ।

लागूऔषध सहित मनिष साह पक्राउ

सर्लाही – मलगंवा नगरपालिका—८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल...

मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस , ताल तथा खोलाको पानी जम्यो

मुस्ताङ : चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ...

चार वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान...

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

सात किलो चरेस सहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology