अबिरक वर्षाका कारण ठुलो पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट : तिलागुफा नगरपालिका-८ तलीवन र खाँडाचक्र नगरपालिका-१० चौखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार राति कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडकखण्ड अन्तरगत तलीवन र चौखोलामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर देवेन्द्रकुमार मल्लले जानकारी दिए।

मल्लका अनुसार चौखोलामा सानो पहिरो गएको छ भने तलीवनमा ठुलो पहिरो गएको छ । पहिरो स्थलमा प्रहरीको टोली र डिभिजन सडक कार्यालय जुम्लाका प्राविधिकहरु गएर डोजरमार्फत पहिरो पन्छाउने प्रयास भइरहेको छ । शनिबार बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माले कर्णाली राजमार्गको घट्टेखोला, दहिखोला, गगनेखोला, कालेखोला, सुनारखोला, मोल्फा बजार, पिली, चौखोला, खल्लागाड, तलीवन लगायतका दर्जनौँ ठाँउमा दैनिक रुपमा पहिरो गइ सडक अवरुद्ध हुँदा निकै सास्ती भएको बताए । उनले भने, ‘विगतका वर्षहरुमा हप्तौंसम्म सडक अवरुद्ध हुन्थ्यो । यो वर्ष हामीले लगातार एक हप्ता राजमार्ग बन्द हुन दिएका छैनौँ । तर दैनिक रुपमा कुनै न कुनै ठाँउमा पहिरो जाँदा प्रहरी प्रशासन र यात्रुहरुलाई निकै सास्ती भएको छ।’

कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्लामा विपद् प्रतिकार्य योजना गर्न सुरु गरिएको बताए । उनले भने, ‘जिल्लामा विपद् आइहाल्ला भनेर नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरुसँग भएको खोज तथा उद्धार टोली तयारी अवस्थामा राखिएको छ । जिल्लामा हुन सक्ने विपद्हरुका विषयमा पूर्ण रुपमा सूचना संकलन तथा त्यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला स्तरीय समितिले विपद् प्रतिकार्य योजना पनि अद्यावधिक गर्दैछौँ ।’

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

सात किलो चरेस सहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

जाडो महिनाहरुमा भुलेर नगर्नु यस्तो मेकअप,हरेक नेपालीले ध्यान दिनुपर्ने ब्युटी टिप्सहरु हेर्नुहोस

सुषमा महरा-महिला उद्यमी/बरिस्ठ ब्युटीसियन जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु ...

देशभर चिसो बढ्यो , कारण यस्तो

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको...

लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु

बैतडी : लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ ।...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology