तितेपातीका अचुक फाइदा ; मलेरिया रोगदेखि उच्च रक्तचापसम्मको उपचार

पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्न सक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टि्मिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् ।

गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरे । कम्पनीका अध्यक्ष अग्नि राई भन्छन्, “परीक्षण सफल भएपछि तेल आउँदो रहेछ भनेर थाहा पायौँ, गत वर्ष करिब ४५ केजी तेल निकाल्न सफल भयौँ । ”

अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ । आसपासका गाउँमा यसअघि नै भएको परीक्षण असफल बनेको उनले थाहा पाएको थियो । मेसिन बनाएर तितेपातीको तेल निकाल्न सफल भएको उनले बताए ।

तेलले बजार खोज्दै – गुणस्तर परीक्षणका लागि जडीबुटी विभागमा पठाएपछि स्थानीय उत्पादक अहिले बजारको खोजीमा छन् । सोही क्रममा काठमाडौँमा भएको जडीबुटी प्रदर्शनीमा पनि तितेपातीको तेल बजार खोज्न आइपुगेको थियो । “नेपालसँग विभिन्न देशले धेरै पहिले तितेपातीको तेलको माग गरेका रहेछन् तर दिन नसकेपछि त्यो माग अन्तै देशमा पुग्यो,” राईले थपे ।

कीराबाट बचाउन प्रयोग – तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् । त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताऐ । उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छाड्दा कीरा भाग्ने गर्छन् ।

मलेरिया निको पार्न सकिने – तितेपातीमा भएको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजमा चीनले सफलता पाइसकेको छ । जसका कारण सन् २०१५ को फिजियोलोजी अर्थात् औषधितर्फको नोबेल पुरस्कार चीनले प्राप्त ग¥यो । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

सात किलो चरेस सहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

जाडो महिनाहरुमा भुलेर नगर्नु यस्तो मेकअप,हरेक नेपालीले ध्यान दिनुपर्ने ब्युटी टिप्सहरु हेर्नुहोस

सुषमा महरा-महिला उद्यमी/बरिस्ठ ब्युटीसियन जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु ...

देशभर चिसो बढ्यो , कारण यस्तो

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको...

लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु

बैतडी : लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ ।...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology