तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य बढेर ईतिहासकै उच्च बिन्दुमा …

२८ साउन, काठमाडौं । तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ ।नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबारको तुलनामा छापावल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ भने चाँदीमा पनि प्रतितोला १० रुपैयाँले मूल्य बढेको छ ।

पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले दिनमा एक किलो पनि सुन बिक्री हुँदैन । महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन ।

यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन बैंकमा थुप्रिएको छ । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।

बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको वरिष्ठ उपाध्यक्ष शाक्यले बताए । व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।

रायोको साग खानुको फाइदा

रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान्...

सुपकोटमा बिषालु घाँस खाएर किसानका २० वटा भेडा मरे

मुगु : छायाँनाथ रारा नगरपालिका ५ सुपकोटमा बिषालु घाँस खाएर किसानका...

मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी मार्फत् बाहिरिए गोकर्ण विष्ट

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा निर्वतनमा...

सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी

काठमाडौं : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै...

गाजर खानुको यस्ता छन् फाइदा

जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा...

मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूह द्वारा बम विष्फोट

सिन्धुली : मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट...

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण

काठमाडौं : नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका...

जीपकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपकोे ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ...

नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १३ वर्ष पूरा

काठमाडौं : दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्व अन्त्यका लागि तत्कालीन...

पर्सामा मङ्सिर १४ गते हुने उपनिर्वाचन लक्षित भोजभतेर रोकियो

पर्सा । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology