थाहा पाइराख्नुहोस जनैको वैज्ञानिक महत्व…

  • जनै धारण गर्ने विधि र त्यसपछिका नियम
  • रक्षाबन्धन वा जनैपूर्णिमाले सनातन वैदिक ब्राह्मणहरूलाई वर्षभरमा आत्मशुद्धिको अवसर प्रदान गर्छ । वैदिक परम्पराअनुसार वेदपाठी ब्राह्मणहरूका लागि श्रावण महिनाको पूर्णिमा सबैभन्दा ठूलो पर्व हो ।

    यस दिनलाई ब्राह्मणहरू श्रावणी उपाकर्मका रूपमा मनाउँछन् । यजमानहरूका लागि कर्मकाण्ड यज्ञ, हवन आदि गर्नुको साटो आफ्नै आत्मशुद्धिका लागि अभिषेक र हवन गर्दछन् । अहिले यो संस्कार हट्दै गएको भए पनि अवशेष बाँकी नै छ । खासमा जनैपूर्णिमाको महत्व किन छ भन्ने सन्दर्भमा शास्त्रीय विधान यस्तो छ:

    सनातन धर्ममा दशैँ क्षत्रीहरूको, तिहार वैश्यहरूको र फागु पूर्णिमा वा होली शूद्र एवं अन्य जन जनमानसका लागि विशिष्ट महत्वको पर्व हो । रक्षाबन्धन अर्थात श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने श्रावणी उपाकर्म ब्राह्मण वा द्विजहरूको सबैभन्दा ठूलो पर्व हो ।

    वैदिककालदेखि नै द्विज जातिले पवित्र नदी एवं तीर्थका तटहरूमा आत्मशुद्धिको यो उत्सव मनाउँदै आएको छ, तर वर्तमान समयमा ब्राह्मण एवं वैदिक श्रावणीको परम्परालाई भुल्दै गइएको छ । यो कर्ममा आन्तरिक एवं बाह्य शुद्धि गोबर, माटो, खरानी, दतिउन, दुबो, कुश र मन्त्रहरूद्वारा गरिन्छ ।

    पञ्चगव्य महाऔषधि हो । श्रावणी पर्वमा गाईको दूध, दही, घिउ, गोबर र गहुँतले पखालेर शरीर एवं अंतःकरणलाई शुद्ध गरिन्छ ।

    यो उपाकर्मले व्यक्तिको शरीर, मन एवं आत्माका साथ संस्कारहरूलाई शुद्धि गर्छ ।

    जनैपूर्णिमा र जनैको महत्व

    जनैपूर्णिमामा व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् । सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ ।

    जनै धारणको धार्मिक र वैज्ञानिक महत्व

    धार्मिक महत्व

    द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।

    उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।

    तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋण अनि सत्व, रज र तमको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।

    जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् ।

    जनैको वैज्ञानिक महत्व

    जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ ।

    जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ ।

    दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ ।

    कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।

    जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ ।

    जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ ।

    जनै धारण गर्ने विधि र त्यसपछिका नियम

    स्नान र आचमन गरेर शुद्ध भएपश्चात् नयाँ जनै लगाउँदा यस्तो मन्त्र पढिन्छ–
    ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात् । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः।।

    नयाँ जनै लगाइसकेपछि पुरानो जनै फुकाल्दा यस्तो मन्त्र पढिन्छ–
    एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारित्वं मया । जीर्णत्वात्वत्परित्यागगच्छसूत्र यथासुखम् ।।

    मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । दाहिने कानमा गंगाको वास हुने भएकाले त्यसो गरिएको हो ।

    जनैलाई कम्मरमाथि राख्नुपर्छ र मैलो वा अपवित्र हुन दिनुहुँदैन ।

    जनैको एक डोरो चुँडियो वा जनै लगाएको ४ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ ।

    घर वा कुलकुटुम्बमा जन्म वा मरणको सूतकपछि जनै बदल्नुपर्छ ।

    जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला गायत्री जप गरेर बदल्ने नियम छ ।

    सुनको मूल्य घट्यो

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार...

    साग मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदै

    काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

    आज नेपाल र जापानबीच मैत्रीपुर्ण फुटबल खेल हुँदै

    काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

    नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...

    शुक्रबार देशभर मौसम बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना

    काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली...

    राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने

    काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ...

    सात किलो चरेस सहित चार जना पक्राउ

    कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात...

    जाडो महिनाहरुमा भुलेर नगर्नु यस्तो मेकअप,हरेक नेपालीले ध्यान दिनुपर्ने ब्युटी टिप्सहरु हेर्नुहोस

    सुषमा महरा-महिला उद्यमी/बरिस्ठ ब्युटीसियन जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु ...

    देशभर चिसो बढ्यो , कारण यस्तो

    काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको...

    लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु

    बैतडी : लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ ।...

    © 2019 Laligurash All right reserved Site By : SobizTrend Technology