अन्तत समातिईन पत्रकार पुडासैनी प्रकरणकी अस्मिता कार्की , के खोल्लिन त सत्यता ?

३० साउन, नुवाकाेट । नुवाकोट बेल्काेटडढी घर भएका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि बाेलेकाे भिडियाेमा तिन जनाकाे नाम लिगेकामा प्रहरीले ओखलढुंगाकी युवती नर्ससमेत रहेकी रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए । तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्।
आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए। पत्रकार पुडासैनीको शव भरतपुरस्थित कंगारू होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको छ । प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।

पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन्। पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दैछ।

पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्। उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्।

पत्रकार विनय गुरुवाचार्यको निधन

अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ...

महराको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन मगाउने उच्च अदालतको आदेश

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत...

फर्सि खानुको फाइदा

फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ ।...

मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई...

उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्छु : मन्त्री लेखराज भट्ट

चितवन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका...

जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख...

सुनको मूल्य घट्यो…

काठमाडौं : नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ। शुक्रबार...

मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा अवस्थाको बारेमा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा...

म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन

म्याग्दी : म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन्...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology