ड्युटीमा खटिएका प्रहरी टोली माथि कसले गर्यो हातपात ? ५ जनालाई पक्राउ…

बाजुरा — डिउटीमा खटिएका प्रहरी टोली माथि हातपात गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका–८ मा लागेको अनन्ते मेला सुरक्षामा खटिएका प्रहरीमाथि मदिरा सेवन गरेर हातपात गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

शनिबार साँझ मेलामा मदिरा सेवन गरी होहल्ला गर्दै हिँडेका अमृत बोहरा, केशव गिरी, हरिशंकर जोशी, बडिमालिका नगरपालिका–८ का गोरख थापा र सोही वडाकी धनी थापालाई प्रहरीले नियन्त्रणमा लिएको ढुंगानाले जानकारी दिए ।

मदिराले मातेका युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा डिउटीमा रहेका प्रहरीमाथि हातपातबाटटोली प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर चन्दसहित प्रहरी जवानहरुलाईचोट लागेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।
घाइते सहायक निरीक्षक चन्दको गालाको दाहिने भागको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नहुँदा जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ । पक्राउ गरिएका पाँच जनामा माथि अनुसन्धान भइरहेको ढुंगानाले बताए ।

अनन्ते मेलालाई व्यवस्थित बनाउन बडिमालिका नगरपालिका र अन्य सरोकारवालाको बैठकले मेला अवधिभर मदिरा बिक्री, वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको थियो । मेला अवधिभरमा बेच्नेलाई पाँच हजार र सेवन गरेको भेट्टाएमा २ हजार ५ सय जरिवाना तोकेको थियो ।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

चिठ्ठा पर्‍यो भन्दै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

नारायणगढ मुग्लिन सडक शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

फर्निचर उद्योगमा आगलागी , २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

सर्लाहीका घुस लिने प्रहरी अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

सुनको मूल्य आज स्थिर

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज...

१५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology