भीआईपीको दशैं

२१ असोज, काठमाडौं । हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदैछ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसारको समयमा टीका लगाउने प्रचलन छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाइन् । त्यसपछि उनले आफन्त र सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरे । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट उनले दशैंको टीका लगाएका हुन् ।

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् । बालुवाटारमा आफूले टीका लगाएपछि उनले पत्नी राधिकालाई टीका लगाइदिएका थिए । त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाइदिएका थिइन् ।

भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी थिइन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिइन् ।

अहिले भण्डारीले शितलनिवासमा सर्वसाधारणलाई पनि टीका लगाइदिने क्रम जारी छ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।

विजया दशमीको उपलक्ष्यमा टीका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैको भलो होस ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस !’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले ठूलीआमाको हातको टीका लगाएका छन् । मंगलबार दिउँसो मन्त्री निवास पुलचोकमा उनले दशैंको टीका लगाएका हुन् । उनले टीका लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् ।

थापाले दाजु अवकास प्राप्त रथी नेत्रबहादुर थापा र भाउजु अमिताको हातको टीका लगाएका हुन् । आफूले टीका ग्रहण गरे पश्चात उनले परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।
अनलाइनखबरबाट साभार ,

साझा यातायातलाई बिधुतिय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन

३ कात्तिक, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि...

देशभरको मौसम समग्र बदली हुने भएकाले सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, ३ कात्तिक । आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको...

इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी,पिडा सुनेर रबिन लामिछाने समेत रोए

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया...

एलोभेराको यस्ता अचुक फाईदा ; ग्यास्ट्रिकको ठुलो औषधी

काठमाडौं । पेटमा हल्का जलन हुनुदेखी लिएर एकदमै पिडा दिनेसम्म ग्यासको...

शनिबारको मौसम ; देशका बिभिन्न भू-भागमा पानी पर्ने सम्भावना !

काठमाडौँ, २ कात्तिक । देशका केही भूभागमा शनिबार पानी पर्ने...

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

पछिल्लो समय युटुबमा सर्बाधिक हिट कलाकार हुन् भीटेन,उनले गएका र्यापहरु सबार्धिक...

कमला घिमिरे संग दोहोरी गाएर भाइरल भएका अमृत सापकोटाको पुर्व प्रेमिका भेटेपछि दोहोरीमै रुवाबासी

पछिल्लो केहि समय एता सामाजिक संजालमा सर्बाधिक खोजिएका गायक अमृत सापकोटा...

फेरि पक्राउ परे ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य

डोटी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला...

बाटो काट्न खोजेका बालकको टिपरले ठक्कर दिदा टनास्थलमै मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु...

कुमार पन्त एरएनएको अध्यक्षमा विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology