दशैको दिनमा दुई जना कैदीको गयो ज्यान,दुईजना सिकिस्त बिरामी

२१ असोज, पाँचथर । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ ।

बिरामी परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३\३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

उनको गए राति १२ बजेको समयमा ज्यान गएको न्यौपानेले जानकारी दिए । यस्तै मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९\३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दशैँको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ ।

शुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको न्यौपानेले जनाकारी दिए । अनलाइन खबरमा लेखिएको छ !

साझा यातायातलाई बिधुतिय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन

३ कात्तिक, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि...

देशभरको मौसम समग्र बदली हुने भएकाले सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, ३ कात्तिक । आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको...

इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी,पिडा सुनेर रबिन लामिछाने समेत रोए

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया...

एलोभेराको यस्ता अचुक फाईदा ; ग्यास्ट्रिकको ठुलो औषधी

काठमाडौं । पेटमा हल्का जलन हुनुदेखी लिएर एकदमै पिडा दिनेसम्म ग्यासको...

शनिबारको मौसम ; देशका बिभिन्न भू-भागमा पानी पर्ने सम्भावना !

काठमाडौँ, २ कात्तिक । देशका केही भूभागमा शनिबार पानी पर्ने...

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

पछिल्लो समय युटुबमा सर्बाधिक हिट कलाकार हुन् भीटेन,उनले गएका र्यापहरु सबार्धिक...

कमला घिमिरे संग दोहोरी गाएर भाइरल भएका अमृत सापकोटाको पुर्व प्रेमिका भेटेपछि दोहोरीमै रुवाबासी

पछिल्लो केहि समय एता सामाजिक संजालमा सर्बाधिक खोजिएका गायक अमृत सापकोटा...

फेरि पक्राउ परे ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य

डोटी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला...

बाटो काट्न खोजेका बालकको टिपरले ठक्कर दिदा टनास्थलमै मृत्यु

महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु...

कुमार पन्त एरएनएको अध्यक्षमा विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology