
एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका सामुएल लिटल नामका व्यक्ति अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक ‘सिरियल किलर’ रहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईले जनाएको छ।
एफबीआईका अनुसार एक सिरियल किलरले ९० जनाभन्दा बढी महिलाको हत्या गरेका छन्। सामुएल लिटल नाम गरेका ती सिरियल किलरले सन् १९७० देखि २००५ भित्र महिलाको हत्या गरेको बताइएको छ।
आइतबार विज्ञप्ति प्रकाशित गर्दै एफबीआईले सामुएलले गरेको हत्या कबुल विश्वसनीय रहेको बताएको छ। यसबीच ५० जनाको हत्या उनैले गरेको पुष्टि भइसकेको पनि विज्ञप्तिमा उल्लेख भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।
७९ वर्षीय सामुएलले भने आफूले ९३ जना महिलाको हत्या गरेको बताएका छन्। उनी सन् २०१२ देखि जेलमा रहेका छन् । मारिएकामध्ये केही महिलाहरू सीमान्तकृत समुदायका रहेका छन्। मारिनुका धेरैजसो अप्रत्यासित कारणहरू रहेका थिए। मारिएका कतिपय महिलाको अहिलेसम्म शव पत्ता लागेका छैनन्।
एफबीआईले उपलब्ध गराएका ३० स्केच सामुएल आफैँले कोरेका हुन्। ती स्केचमा अधिकांश काला जातिका महिलाहरू रहेका छन्।

एजेन्सी– जुनसुकै मौसम होस्, स्वास्थ्यका लागि ध्यान दिनु निकै जरुरी हुन्छ...

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिा ‘साग’मा पदक विजेता...

काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै...

सर्लाही – मलगंवा नगरपालिका—८ बाट नियन्त्रित लागूऔषध नाईट्रोसन १ सय एम्पुल...

मुस्ताङ : चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ...

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान...

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने...

काठमाडौं : नेपाल र जापानबीच आज मैत्रीपुर्ण फुटबल खेल हुँदैछ ।...

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको...