चिनियाँ राष्ट्रपतिलाई भयो यसरी स्वागत

२५ असोज, काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो ।

त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ ।

राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए ।

चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि नेपाल भ्रमण भएकाले सरकारले सीको स्वागत तथा सम्मानमा कुनै कसर बाँकी राखेको छैन । काठमाडौंका सडक विशेष रुपमा सजाइएको छ भने ठाउँठाउँमा परम्परागत पोशाक र झाँकीसहितको टोलीलाई स्वागतमा खटाइएको छ ।

चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट राष्ट्रपति सी बास बस्नका लागि होटल सोल्टी गएका छन् । उच्चस्तरीय भेटवार्ता गरी उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

पत्रकार विनय गुरुवाचार्यको निधन

अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ...

महराको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन मगाउने उच्च अदालतको आदेश

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत...

फर्सि खानुको फाइदा

फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ ।...

मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई...

उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्छु : मन्त्री लेखराज भट्ट

चितवन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका...

जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख...

सुनको मूल्य घट्यो…

काठमाडौं : नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ। शुक्रबार...

मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा अवस्थाको बारेमा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा...

म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन

म्याग्दी : म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन्...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology