देशभरको मौसम समग्र बदली हुने भएकाले सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ, ३ कात्तिक । आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको छ। दिउँसो देशका केही स्थानमा पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

मौसमविद्का अनुसार पश्चिमबाट आएको पश्चिमी वायुले देशभको मौसम सामान्य (आधाभन्दा बढी बादल लागेको) देखि पूर्ण (घामै छिर्न नसक्ने गरी बादललागेको ) सम्म बदली भएको हो।

आज दिनभरि नै मौसम यस्तै धुम्म रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । ‘बीचमा केही बेर घाम लागेजस्तो गरे पनि पुनः मौसम बदली हुनेछ,’ उनले भनिन्, ‘आज दिउँसो या अपराह्नपछि देशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’

थोरै स्थानअन्तर्गत पूर्वदेखि पश्चिमसम्म देशका जुनसुकै ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको उनले बताइन्। उनका अनुसार आज अपराह्नपछि काठमाडौंमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना छ।

भोलि (सोमबार) देखि भने पश्चिमी वायुको प्रभाव क्रमशः कम हुँदै मौसम सुधार हुँदै जाने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।

कार्तिक ०३ गते आइतबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

पत्रकार विनय गुरुवाचार्यको निधन

अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ...

महराको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन मगाउने उच्च अदालतको आदेश

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत...

फर्सि खानुको फाइदा

फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ ।...

मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई...

उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्छु : मन्त्री लेखराज भट्ट

चितवन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका...

जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख...

सुनको मूल्य घट्यो…

काठमाडौं : नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ। शुक्रबार...

मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा अवस्थाको बारेमा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा...

म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन

म्याग्दी : म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन्...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology