आफैले बोकेको पटाका पड्किँदा चार जना भए घाइते

आफैले बोकेको पटाका पड्किँदा चार जना घाइते

७ कात्तिक, बुटवल । रुपन्देहीमा गुडिरहेको मोटरसाइकलमा आफैले बोकेको पटाका अचानक पड्किँदा मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् ।

तिहारका लागि भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा मोटरसाइकलको साइलेन्सरको तातोले पटाका एक्कासी पड्किँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा लु.२० प. १५ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको गैडहवा गाँउपालिका शिशवा बस्ने ३२ बर्षीय अशोक यादव, सोही स्थानका ठूलो पडरिया निवासी ७० बर्षीया गुलराही मुसलमान, २३ बर्षीय धमेन्द्र भुज र एकजना परिचय नखुलेकी पैदलयात्री महिला रहेको इलाका प्रहरी कार्यालयले लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

भारतीय बजार ककरहवाबाट लु.२०प. १५ नम्बरको मोटरसाइकलमा पटाका अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको समयमा लुम्बिनी साँस्कृतिक नगरपालिका-३ को ठूलो पडरियामा सो घटना भएको उनले बताए । उनीहरुको साथबाट १ बोरा जुत्ता, चप्पल र आधा बोरा पटाका बरामद गरिएको उनले बताए ।

घाइतेहरु मध्ये चारजनाको मेडिकल कालेज भैरहवा र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology