संसदीय समितिले अन्त शुल्क स्टिकर छपाईसम्बन्धि काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले अन्त शुल्क स्टिकर छपाईसम्बन्धि काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाली कम्पनीले छपाई गर्न प्रतिस्पर्धा नै गर्न नसक्ने गरी सरकारले सो स्टिकर छपाई सम्बन्धि टेन्डर आह्वान गरेको निष्कर्ष निकाल्दै तत्काल सो काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सो सम्बन्धमा भएका सबै निर्णयहरुबारे सरकारसँग जानकारी लिने निर्णय पनि गरेको छ ।

नेपाली कम्पनीहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी अन्त शुल्क स्टिकर छपाईसम्बन्धि बोलपत्र आह्वान सरकारले गरेकाले तत्कालका लागि सो प्रक्रिया अघि नबढाउन समितिले भनेको हो । बैठकमा समिति सदस्यले समितिको निर्देशन बिपरित भएको टेन्डर प्रक्रियाका बारेमा सरकारसंग स्पष्टिकरण माग्नुपर्ने धारणा राखेका थिए ।

समितिले एक वर्ष अघि नै अन्त शुल्क स्टिकर छपाई गर्दा नेपाली कम्पनीहरुले पनि भाग लिने गरी सर्तहरु राख्न सरकारलाई सचेत गराएको थियो । तर सो निर्देशन पालना नभएपछि समितिले पुनः त्यो प्रक्रिया अघि नबढाउन सरकारलाई सचेत गराएको हो । समितिले सो सम्बन्धमा आवश्यक जानकारी लिन सोमबार सम्बन्धित निकायका पदाधिकारीहरुलाई उपस्थित हुन पनि पत्राचार गरेको छ ।

मुआब्ज निर्धारणको माग गर्दै बुढीगण्डकी आयोजना प्रभावितद्वारा जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना

गोरखा : बुढीगण्डकी आयोजना प्रभावितहरुले मुआब्जा निर्धारणको माग गर्दै आन्दोलन थालेका...

सुनको भाउ घट्यो ,तोलाको कति ???

काठमाडौं । आज साताको पाँचौं दिन (बिहीबार) सुनको भाउ थोरै घटेको...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ

काभ्रेपलाञ्चोक । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी...

‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा उर्जा सम्मेलन शुरु हुँदै

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा...

वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु , पाँचजना घाइते

सर्लाही : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ...

अन्तत फेरिए मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन...

लोक गायक बिष्णु खत्री लामो समयपछि मिडियामा,रमेश बिजी संग अध्यक्षमा लड्दै,जितेरै देखाउने!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशन पोखरामा हुने...

चर्चित एरेन्जर तथा गायक बिनोद बाजुरलिले पनि दिए सचिब पदको लागि उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

चर्चित मोडल महेन्द्र गौतमले पनि दिए दोहोरी प्रतिष्ठानको केन्द्रिय सदस्यको उमेदवारी

काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

संचारकर्मी एवं गीतकार दुर्गा पंगेनीले पनि दिए केन्द्रिय सदस्यको उमेदवारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology