बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर-४ का वडाध्यक्ष रामबहादुर चन्दको लडेर ज्यान गएको छ।

गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टका अनुसार चन्द बुधबार बिहान घरभन्दा केहीमाथि आमचौर भन्ने स्थानमा मृत फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले घटनास्थल प्रहरी कार्यालयभन्दा टाढा भएकाले घटनाबारे थप जानकारी आउन बाँकी रहेको बताए।