दोलखाको चरिकोटबाट काठमाडौंका लागि छुटेको बस पल्टिँदा एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो साढे १२ बजे भिमेश्वर नगरपालिका ८मा बा३ख२९९७ नम्बरको गौरिशंखर बस पल्टिँदा ७० वर्षीय कुमारी तामाङको मृत्यु भएको हो।

उकालोमा रोकेको बस ब्याक भइ पल्टिँदा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मान बहादुर राईले जानकारी दिए।

६ महिनाको बालक र आमा झर्दै गर्दा सामान्य घाइते भएका छन्। उनीहरुको उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ। बसलाई सडकबाट हटाउन डोजरको प्रयोग गरिएको छ, भने थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।