काठमाडौं । नेपालको अतिक्रमित भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालमा तरङ्ग ल्याएको छ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको हो । यसरी भारतले नेपाली भूभाग अतिक्रमण गर्नेदेखि आफ्नो नक्सामा समेत समेट्नुको कारण नेपालले गरेका विभिन्न सन्धिहरुलाई लिएको छ ।

अहिले नेपालमा विभिन्न पार्टीहरु सीमाको बिरोधमा उत्रिरहेका छन् सोहि क्रममा हिजो भारतीय दुतावासमा देशभक्त लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष श्री मनमोहन शम्शेर राणाको नेतृत्वमा नेपाली भुमी कालापानी लिपुलेक ,लिम्पियाधुरा लगायतका स्थानम्क भएको भारतीय सीमा अतिक्रमणका विरुद्ध बिरोध प्रदर्सन गर्दै नेपालका लागी भारतीय दूतावास मर्फत भारतीय सरकारलाई हाम्रो भुमि तत्काल छडी नेपाली सीमाको सम्मान गर्दै सदियौ देखिको दुई देश विचको सद्भाव ,सहअस्तित्व ,भाइचारा तथा अशल छीमेकीको सम्बन्ध प्रगाढ राख्दै निरन्तर कायम राख्न ज्ञापनपत्र दिइयो ।

यस अवसरमा भारतीय दूतावासबाट दुई देश बीचको सद्भाव ,सहअस्तित्व,भाइचारा तथा अशल छिमेकीको सम्बन्धको सम्मान गर्दै ,अति सिघ्र भरत सरकारको तर्फबाट उच्चस्तरीय वार्ता टोली समाधान निमित्त आउनलागेको जानकारी गराईयो।