राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ महाअधिवेशन यहि मंसिर ६-७-८ गते पोखरामा आयोजना हुन गईरहेको छ ।

यो महा अधिवेशनले निर्वाचन मार्फत नयाँ कार्य समिती समेत चयन गर्नेछ । नयाँ कार्य समितीमा आउने सम्भावित सदस्य हरुले आफ्नो उमेदवारी घोषणा गर्न सुरु गरिसकेका छन ।

यसैविचमा संचारकर्मी एवं गीतकार दुर्गा पंगेनीले पनि केन्द्रिय कार्यसमिती सदस्यको लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन । बिभिन्न पत्रपत्रीकामा स्तम्भ लेख्दै आएका पंगेनी केन्द्रविन्दु डटकम का नियमित ब्लगर समेत हुन ।

दर्जनौं गीत लेखेका पंगेनीको ‘जोगाउनु छ कालापानी’ भन्ने देशभक्तिपुर्ण गीत चर्चाको शिखरमा रहेको थियो । अहिले लिपुलेक भारतले मिचेको सन्दर्भमा उक्तगीत भाईरल भईरहेको छ ।

प्रतिष्ठान मा संगलग्नताको हिसाबले पनि पंगेनी निकै सकृय छन । बैदेशिक शाखा अन्तर्गत कतार शाखाका संस्थापक समेत रहेका उनी हाल कतार शाकाको संरक्षक सदस्सय मेत हुन । यसैले पनि उनको उमेदवारी चर्चाको शिखरमा रहेको छ । सामाजिक सञ्जालमा उनलाई विजयको लागि अग्रिम बधाईहरु आईरहेका छन ।

लालीगुराँस डटकम परिवार पनि उनलाई हार्दिक शुभकामना ब्यक्त गर्दछ ।