काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ महाअधिवेशन यहि मंसिर ६-७-८ गते पोखरामा आयोजना हुन गईरहेको छ ।

यो महा अधिवेशनले निर्वाचन मार्फत नयाँ कार्य समिती समेत चयन गर्नेछ । नयाँ कार्य समितीमा आउने सम्भावित सदस्य हरुले आफ्नो उमेदवारी घोषणा गर्न सुरु गरिसकेका छन ।

यसैविचमा चर्तित मोडल महेन्द्र गौतमले पनि केन्द्रिय कार्यसमिती सदस्यको लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन । सयौँ को संख्यामा हिट सुपरहिट गीतमा आफ्नो अभिनय र नृत्य प्रस्तुत गरेर करोडौँ दर्शकको मन मुटुमा बस्न सफल मोडल गौतम आफैमा गायक पनि हुन।

केही गीत समेत गाईसकेका गौतमले अभिनय गरेको ’लाउछ माया नलाउनी हैन नी’ अत्याधिक चर्चित गीत हो जसको साठी लाख भन्दा बढी भ्यु गईसकेको छ ।

आधुनिक गीत, लोक गीत, लोक पप र दोहोरी अनी पर्वगीत हरुमा समेत उत्तीकै रुचाईएका गौतमको अभिनयको खुबै प्रसंसा हुने गरेको छ ।

प्रतिष्ठान मा संगलग्नताको हिसाबले पनि गौतम निकै सकृय छन ।समग्रमा गौतम चर्तित पब्लिक फिगर हुन यसैले पनि उनको उमेदवारी चर्चाको शिखरमा रहेको छ । सामाजिक सञ्जालमा उनलाई विजयको लागि अग्रिम बधाईहरु आईरहेका छन ।

लालीगुराँस डटकम परिवार पनि उनलाई हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

कमल सरगम
लालीगुराँस डटकम परिवार