काठमाण्डौ-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीको सातौँ महाअधिवेशन यहि मंसिर ६-७-८ गते पोखरामा आयोजना हुन गईरहेको छ ।

यो महा अधिवेशनले निर्वाचन मार्फत नयाँ कार्य समिती समेत चयन गर्नेछ । नयाँ कार्य समितीमा आउने सम्भावित सदस्य हरुले आफ्नो उमेदवारी घोषणा गर्न सुरु गरिसकेका छन ।

यसैविचमा चर्तित मोडल एरेन्जर तथा गायक बिनोद बाजुरालीले पनि केन्द्रिय कार्यसमिती सचिबको लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन । कैयौं गीतमा बाजुरालीले सृजना र संगीत मार्फत चर्चा पाएका छन भने धेरै गीतहरुमा आवाज दिएर पनि चर्चा कमाएका छन।भीरको घाँस काट्न सक्छौ र देखि देउडा भाका प्रदेश नम्बर ७ सम्म आउदा उनले गाएको गीतहरु सबै हिट छन भने उनि हाल मालाश्री स्टुडियोको संचालक पनि हुन्।उनले एरेन्ज गरेका ५ हजार भन्दा बढी गीतहरु हिट छन।

धुनिक गीत, लोक गीत, लोक पप र दोहोरी अनी पर्वगीतहरुमा समेत उनको दख्खल छ।

प्रतिष्ठान मा गत समयमा पनि उनि एक सक्रिय सदस्यतामा गनिन्छन भने बिकृतिको निराकरण गर्नमा उनको ठुलो हात छ ।सामाजिक सञ्जालमा उनलाई विजयको लागि अग्रिम बधाईहरु आईरहेका छन ।

लालीगुराँस डटकम परिवार पनि उनलाई हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

कमल सरगम
लालीगुराँस डटकम परिवार