काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’को आयोजनामा आजबाट काठमाडौंमा उर्जा सम्मेलन शुरु हुँदैछ । क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तिय व्यवस्थापनका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरु सञ्चालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमा पनि छलफल हुनेछ । नेपाल भारत र बंगलादेशबीच विद्युत् व्यापारको बारेमा बृहत् छलफल हुने भएकाले अन्तर्राष्ट्रिय विद्युत् व्यापारमा सम्मेलन निकै फलदायी हुने विश्वास लिइएको छ ।

सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहने छ । ‘पावरिङ द एशिएन सेन्चुरी’को नारा दिईएको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा आधादर्शन परियोजनामा लगानी सम्झौताको तयारी छ ।

Leave a Reply