म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन

म्याग्दी : म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् ।

म्याग्दीका ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । १० वटा वडा रहेको बेनी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा दरबन्दी अनुसारका वडा सचिव छैनन् । २९ वटा वडा सचिवविहीन भएका छन् । सात वडा रहेको धवलागिरि गाउँपालिका र पाँचवटा वडा रहेको मङ्गला गाउँपालिकामा एक-एकजना सचिव छन् । सातवटा वडा भएको मालिका गाउँपालिकामा एकजना पनि सचिव छैनन् ।

आठ-आठवटा वडा भएको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा दुई-दुईजना सचिव छन् । मालिका गाउँपालिकाका प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले सचिव नभएपछि प्राविधिक सहायक र स्वास्थ्यचौकीका अनमीलाई वडा पञ्जाधिकारीको समेत जिम्मेवारी दिएको बताए ।

“वडा सचिव सरुवा भएर गएपछि सेवाग्राहीको काम नरोकियोस् भनेर गाउँपालिकाले मलाई पञ्जाधिकारीको पनि जिम्मेवारी दिएको छ,” मालिका–२ रुम स्वास्थ्यचौकीकी अनमी धनमाया पुनले भने, “बिरामी जाँच्ने स्वास्थ्य चौकीको नियमित काममा वडा सचिवको जिम्मेवारी पनि थपिँदा गाह्रो भएको छ ।”

कर्मचारी समायोजनपछि वडा कार्यालय र गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारी घरपायक ठाउँमा सरुवा भएर गए । “भएका कर्मचारी सरुवा भएर गए, आउनेले यहाँ रोजेनन्,” मालिकाका उपाध्यक्ष खरमाया बिटालुले भने, “जनताको काम रोक्न त भएन भनेर सहयोगीले सघाउने र स्वास्थ्यकर्मीबाट काम चलाउने विधि अपनाउने बाध्यता आएको हो ।”

वडा सचिव नहुँदा भनेको समयमा गुणस्तरीय सेवा पाउन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । गाउँमा सिंहदरबार आएको अनुभूति गर्न नपाएको गुनासो छ । कतिपय वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले कर्मचारीको समेत काम गरेर जनताको अप्ठ्यारो फुकाउने गरेका छन् ।

शैक्षिक योग्यता कम भएका जनप्रतिनिधि भएका वडामा झनै समस्या छ । सिमित कर्मचारीहरुलाई धेरै वडाको जिम्मेवारी दिँदा भार परेको धवलागिरि गाउँपालिकाको तीनवटा वडाको सचिवको जिम्मेवारी पाउनुभएका बेदनाथ सुवेदीले बताए ।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology