उपनिर्वाचन अन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं : प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् ।

पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका हुन् ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुृर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएका छन् ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी भएका छन् ।

सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित भएका निर्वाचन आयोगबाट थाहा भएको छ ।

एक प्रतिनिधिसभा सदस्य, दुई प्रदेशसभा सदस्य, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र चार वडाध्यक्ष पदको निर्वाचनको मतगणना भने जारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको...

चौविसमाइलमा जीप दुर्घटना दुर्घटनाका मृतक दुवैको सनाखत

पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको...

साइक्लिङमा नेपाललाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बिहीबार अर्को स्वर्ण थप...

सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं : सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानलाइ एक सय ४१ रनले हरायो

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक...

कप्तान ज्ञानेन्द्रको शतकसँगै भुटानलाई नेपालले दियो २३७ रनको विशाल लक्ष्य

काठमाडौं : १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान...

घट्यो सुनको भाउ

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।...

दोहोरीमा भाइरल कमला घिमिरेले गाउने चौतारीको बरका गायक गायिका मिडियामा,कमला अमृतकै कारण गीत हिट भयो!

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल गीत हो चौतारीको बर।उक्त गीतकी गायिका...

उसुको नानछ्वान अलराउन्डमा निमाले जितिन् स्वर्ण

काठमाडौं : १३ औं साग अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले...

विप्लव समूहका युवा सचिव रमेश पक्राउ

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology