
काठमाडौँ : बलात्कारको आरोप लागेका चतराका साधु कृष्णदास गिरीलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत कृष्णदासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो। बिहान ४ बजे एम्बुलेन्स लिएर अस्पताल पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिइ ह्विल चियरमा अदालत लगेको हो। अस्पतालमा पनि प्रहरीको निगरानमाी रहेका उनलाई प्रहरीले आइतबार नै पक्राउ गर्ने तयारी गरे पनि हर्ट अट्याक भएको भन्दै उनी आइसियुमा भर्ना भएका थिए। आज भने उनको स्वास्थ्यमा सुधार भएको थाहा पाएपछि प्रहरीले आइसियुबाटै पक्राउ गरेको हो। अस्पताल प्रशासन, केही राजनीतिक दलका नेता, कर्मचारीहरू उनलाई जोगाउन लागिपरे पनि अन्ततः उनी पक्राउ परेका हुन्। आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो। महिलाले गत मंगलबार जाहेरी दिएपछि विषय बाहिर आएको थियो। गिरीलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ। २ नं. इजलासका जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले ४ दिनको म्याद थप गरेको हो। ४ दिनभित्र प्रहरीले घटनाको विषयमा अनुसन्धान गरी मिसिल अदालतमा पेश गरिसक्नुपर्छ। ४ दिन भित्रपनि अनुसन्धान नसके प्रहरी फेरि म्याद थप गर्न सक्छ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको...

पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको...

काठमाडौं : सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक...

काठमाडौं : १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान...

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल गीत हो चौतारीको बर।उक्त गीतकी गायिका...

काठमाडौं : १३ औं साग अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले...

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१...