आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्र आइकाओ को मापदण्डमा : मन्त्री योगेश भट्टराई

भद्रपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पुर्‍याइने बताएका छन् ।

चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउने तयारीका लागि अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जानकारी दिए ।

उनले चन्द्रगढी विमानस्थललाई अत्याधुनिक ढङ्गले विकास र विस्तार गर्ने गुरुयोजनाको समर्थन गर्दै यसका लागि जग्गा अधिग्रहण गर्दा कसैले पनि विवाद निकाल्न नहुने धारणा राखे । “प्रधानमन्त्रीको गृह जिल्लाको एयरपोर्ट भएको कारण यसमा विशेष जोड हुन्छ”, मन्त्री भट्टराईले भने, “फ्लाइट सेफ्टी र रन–वे विस्तारका लागि केही सरकारी र केही निजी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको रहेछ, यसमा सबैले आफ्ना ठाउँबाट सहयोग गरिदिन आग्रह गर्छु ।”

सैद्धान्तिकरुपमा सबै जमीन राज्यको भएको बताउँदै उनले जग्गाधनीलाई उचित मुआब्जा र विकल्प दिएर जग्गा अधिग्रहण गरिने जानकारी दिए, “तर यो जग्गाको भाउ यति र उति भनेर उकास्ने र भड्काउने काम कतैबाट पनि नगरियोस्”, उनले भने, “जमिनको अवधारणामा पूँजीवाद र समाजवाद हुँदैन, यसरी गएन भने विकास हुँदैन ।”

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले विमानस्थलका लागि १०० बिघा जग्गा थप्नुपर्ने आवश्यकता औँल्याए ।

महाप्रबन्धक पोखरेलले चन्द्रगढी विमानस्थलको पूर्वी भागमा नजिकै भारतीय सीमा र दक्षिणतर्फ घना आवादी भएको जानकारी दिँदै अब उत्तरतिरको जिल्ला कारागार र निजी जग्गा अधिग्रहण गरी नयाँ टर्निमल भवन बनाउनुपर्ने तथा पश्चिमतिर रहेको नेपाली सेनाको ब्यारेक र जिल्ला प्रशासन कार्यालय हटाएर विमानस्थलको एप्रोच रन–वे विस्तार गर्नुपर्ने बताए ।

चन्द्रगढी विमानस्थलका व्यवस्थापक पूर्ण चुडालले दैनिक औसत ६५० जना यात्रुले सेवा लिने विमानस्थललाई विस्तार र विकास गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउन चार अर्ब २० करोड रुपैयाँ लागत लाग्ने गुरुयोजना तयार भएको जानकारी दिएका थिए ।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

चिठ्ठा पर्‍यो भन्दै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

नारायणगढ मुग्लिन सडक शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

फर्निचर उद्योगमा आगलागी , २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

सर्लाहीका घुस लिने प्रहरी अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

सुनको मूल्य आज स्थिर

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज...

१५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology