१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज १७ खेल हुँदै

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज १७ खेल हुँदैछन् । जसले २१ स्वर्णको छिनोफानो गर्नेछ । आज एथलेटिक्स, ब्याडमिन्टन, महिला र पुरुषको क्रिकेट, साइकलिङ, महिला र पुरुषको फुटबल, गल्फ, ह्याण्डबल, कबड्डी, कराते, खोखो, सुटिङ, टेबल टेनिस, टेनिस, तेक्वान्दो, ट्रायाथलन र उसुका खेल हुँदैछन् ।

एथलेटिक्समा तीन स्वर्णको फाइनल हुँदैछन् । महिला र पुरुषको लंग जम्प, हाई जम्प र डिक्कस थ्रोका फाइनल हुँदैछन् भने आठ सय मिटर दौड, दुई सय मिटर दौड र ४०० मिटर हर्डल्सको पुरुष र महिला तर्फकै छनोट चरणका खेल हुनेछन् ।

ब्याडमिन्टनतर्फ सिंगल्स र डबल्सका क्वार्टर फाइनलका खेलहरु हुनेछन् । यस्तै क्रिकेटमा पुरुषतर्फ बंगलादेश यू–२३ र माल्दिभ्स तथा श्रीलंका यू–२३ र भुटान प्रतिष्पर्धा गर्दैछन् । पोखरामा हुने महिला क्रिकेटमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् ।

साइकलिङमा डाउनहिल च्याम्पियनसिपको फाइनल हुँदैछ । फुटबलतर्फ आज नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुशार साँझ पाँच बजे हुनेछ ।

पोखरामा हुने महिला फुटबल तर्फ नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ । गोकर्णमा गल्फका ब्यक्तिगत र टिम इभेन्टका दोस्रो चरणका खेलहरु हुँदैछन् ।

पोखरामा हुने ह्याण्डबलमा पुरुषतर्फ नेपाल र पाकिस्तान खेल्दैछन् भने महिला तर्फ नेपाल र बंगलादेश प्रतिष्पर्धा गर्दैछन् । यस्तै आजै पुरुषतर्फ भारत र बंगलादेश र महिला तर्फ भारत र माल्दिभ्स पनि खेल्दैछन् । यस्तै कराते प्रतियोगिता आजबाट सकिँदैछ । आज ब्यक्तिगत कुमिते तर्फ पुरुषको ५० केजी मुनी र महिलाको ६१ केजी माथीमा प्रतिस्पर्धा हुँदैछ । यस्तै महिला र पुरुषको टिम कुमितेको फाइनल पनि हुँदैछ ।

खोखोमा महिलातर्फ आज नेपालले स्वर्ण पदकका लागि भारतसँग प्रतिष्पर्धा गर्दैछ । पुरुष तर्फ भने भारत र बंगलादेश स्वर्ण पदकका लागि खेल्दैछन् ।

सुटिङमा पनि महिलाको थ्री पोजिसन राइफल र पुरुषको एयर राइफलका प्रतिस्पर्धा हुँदैछन् । तेक्वान्दोमा तक्वान्दोमा आज ६ स्वर्णका लागि प्रतिस्पर्धा हुँनेछ । पुरुषको ६३ केजी मुनी, ७४ केजी मुनि र ८७ केजी माथिको प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ ५३ केजी मुनी, ६२ केजी मुनी र ७३ केजी माथिमा प्रतिष्पर्धा हुनेछ ।

टेनिसमा आज महिला र पुरुषको टिम इभेन्टका फाइनल हुनेछन् । महिलाको फाइनलमा भारत र श्रीलंका प्रतिष्पर्धा गर्दैछन् भने पुरुषतर्फ पाकिस्तान र भारत प्रतिस्पर्धा गर्नेछन् ।

ट्रायाथलन अन्तर्गत आज मिक्स रिलेका स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछन् । यस्तै टेबल टेनिसमा पुरुष र महिलाको सिंगल्स तथा डबल्सका खेलहरु संचालन हुँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको...

चौविसमाइलमा जीप दुर्घटना दुर्घटनाका मृतक दुवैको सनाखत

पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको...

साइक्लिङमा नेपाललाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बिहीबार अर्को स्वर्ण थप...

सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं : सिद्धार्थ राजमर्गमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानलाइ एक सय ४१ रनले हरायो

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक...

कप्तान ज्ञानेन्द्रको शतकसँगै भुटानलाई नेपालले दियो २३७ रनको विशाल लक्ष्य

काठमाडौं : १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान...

घट्यो सुनको भाउ

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।...

दोहोरीमा भाइरल कमला घिमिरेले गाउने चौतारीको बरका गायक गायिका मिडियामा,कमला अमृतकै कारण गीत हिट भयो!

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल गीत हो चौतारीको बर।उक्त गीतकी गायिका...

उसुको नानछ्वान अलराउन्डमा निमाले जितिन् स्वर्ण

काठमाडौं : १३ औं साग अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले...

विप्लव समूहका युवा सचिव रमेश पक्राउ

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology