आगामी सातादेखि ‘स्मार्ट लाइसेन्स’ छापिने

काठमाडौं : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।

केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार अहिले विभागका सात जना कर्मचारीले उपकरण सञ्चालनको तालीमसमेत लिइरहेका छन् । उनीहरुले तालीम सकेसँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको हो । उनले भने, “एक साताभित्रमा तालीम सकाएर मास प्रिन्टर पूर्णरुपमा छपाइमा जानेछ ।”

मास प्रिन्टरले दैनिक साढे सात हजारसम्म चालक अनुमतिपत्र छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुरानो उपकरण कुनैमा समस्या आए पनि विभागले मर्मत गरेर सञ्चालन गरिरहेको छ ।

अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक दुई हजार ५०० कार्ड छापिरहेको छ । तीन कार्य समयमा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी छ ।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology