महिला क्रिकेट : श्रीलंकासँग नेपाल पराजित

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालले दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका महिला टिमले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १८ रन बनायो । नेपाल विरुद्ध सुरुवात राम्रो गर्न नसकेको श्रीलंकाले सात रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ४२ रनमा दोस्रो विकेट खेर फालेको श्रीलंकाले ५७ रन बनाउँदा चार विकेट झारेको थियो । तर त्यसपछि लिहिनी अप्सरा र सत्या सन्दिपनीले अर्धसतकीय साझेदारी गर्दा श्रीलंकाको पारी सम्हालिएको थियो ।

उसका लागि ओपनर उमिसा थिमासिनीले दुई रन बनाइन भने जनदी अनालीले ३५ रनको योगदान गरिन । यस्तै कप्तान हर्षिथा माधवीले १६ रन बनाइन् । यस्तै लहिनीले ३७ रनको योगदान गर्दा सत्याले २२ रनको योगदान गरिन । नेपालका लागि बलिङमा सरस्वती कुमारी र सोनु खड्काले दुई दुई विकेट लिए ।

जवाफमा नेपालले २० ओभरमा नौ विकेट गुमाउँदा मात्र ७७ रन बनाउन सक्यो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । नेपालले निकै खराव सुरुवात गर्यो । चार रनमा पहिलो विकेट गुमाएको नेपालले चार रनमा नै दोस्रो तथा १४ रनमा तेस्रो विकेट खेर फाल्यो । नेपालका कुनै खेलाडीबीच दरिलो साझेदारी हुन सकेन । २७ रनमा तेस्रो विकेट खेर फालेको नेपालले ३७ रनमा पाँचौ विकेट गुमायो ।

नेपालका सुरुवाती तीन खेलाडीले दोहोरो अंक जोडन् सकेनन् । काजल श्रेष्ठ ८ रनमा आउट भइन भने सिता रानामगर र इन्दु बर्माले खाता खोल्न सकिनन् । यस्तै कप्तान रुविना क्षेत्रीले १९ रन बनाउँदा सोनु खड्का मात्र एक रनमा आउट भइन् । यस्तै करुणा भण्डारी १२ रनमा पेभेलियन फर्किदा अप्सरी बेगमले ११ रनको योगदान गरिन । त्यसपछि डली भट्टले खाता खोल्न सकिनन् ।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology