स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक वर्षीय बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवकुमारी साहकी एक वर्षीय छोरा यसराज साह रहेका छन् । कसेनी बोडिङ स्कुलको एकलेजीमा पढ्ने पाँच वर्षीय छोरा सोनुलाई लिन आएको बसमा चढाउन जाँदा यसराज पनि साहले सँगै लगेकी थिइन् । उनले यसराजलाई भुँईमा राखेर सोनुलाई गाडीमा चढाएकी थिइन् ।

सोनुलाई बसमा चढाउँदा भुँईमा राखेको छोरा घस्रिँदै बस मुनी पुगेका थिए । विद्यार्थी चढेपछि हतार गर्दै हुँइकिएको बसले किच्दा नाबालकको घटना स्थलमै मृत्यु भएको हो ।

बिहान सवा ९ बजेको समयमा विद्यार्थी लिएर स्कुल आउँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले यसराजलाई किचेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शिवकुमारी साहले दुवै छोराहरुलाई सँगै लिएर गाडीसम्म गएकी थिइन् । सानो छोरालाई भुँईमा राखी ठूलो छोरालाई बसमा चढाएपछि गुडेको बसले नावालकलाई किचेको हो ।

बसका चालक बेलबारी नगरपालिका–६ का ४५ वर्षीय डम्बरबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ ।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology