जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको मृत्यु भएको छ। जंगलमा घाँस काट्न गएको बेला हात्तीले आक्रमण गर्दा कञ्चनपुरको माहाकाली नगरपालिका-२ का ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

जंगलमा घाँस काट्दै गर्दा एक्कासी हात्तीको बथानले आक्रमण गर्दा दुई महिलाको मृत्यु र चार महिला घाइते भएका छन्। घाइते हुनेमा माहाकाली नगरपालिका-२ कै ललिता बोहरा, सुनिता विष्ट, उमा साउद र सुशीला बम रहेको प्रवक्ता चन्दले बताए।

घाइते दुई जनाको भारतको खटिमा र एकजनाको महाकाली अस्पतालमा उपचार भइराखेको छ। अर्का एक जनालाई महाकाली अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफर गरिएको छ।

पछिल्लो केही महिना यता कञ्चनपुरमा हात्तीको आतंक बढेको छ। केही महिना अघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ मा पनि जंगली हात्तीको आक्रमणबाट एक वृद्धले ज्यान गुमाएका थिए।

हात्तीकै आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिकाकी एक महिला पनि घाइते भएकी थिइन्।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology