नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । “पहिरो झर्ने विभिन्न आठ स्थानमा काम गर्नुपर्ने भएकाले हामीले सूचना प्रकाशित गरेर सडक बन्द गरेका छौँ”, उनले भने, “यो अवधिमा धमाधम काम हुन्छ ।”

ढुंगा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको सूचना अधिकारी खनालले बताए । १२ करोड रुपैयाँको लागतमा ठेक्का भएको काम ६ महिनाभित्र सक्ने योजना छ । पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको उनले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुंगामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छ । सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै कञ्चनपुरमा दुई महिलालाइ गरे यस्तो

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology