वनभोजको लागि भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा वनभोज स्थलका लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमा पल्टिएर दुर्घटना भएको भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

ब्रेक नलाग्दा अनियन्त्रित भएर एक तर्फको चक्का ढिस्कोमा चढ्न पुग्दा बस बीच सडकमै पल्टिन पुगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

२२ जना घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट रहेकाले थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको उनले बताए । २० जनाको डाक्टर इवामुवारा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए । दुर्घटनामा परेको उक्त बसमा ४६ जना सवार थिए । प्रधानका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु वनभोजका लागि भक्तपुर जाँदै थिए ।

गायिका आस्था राउतलाई पक्राउ गरिदै,बन्दै यस्तो योजना

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको...

आस्था राउतको चौतर्फी बिरोध,कलाकार हु भन्दैमा जे पनि गर्ने भन्दै लोक गायक भगवान भण्डारीले लेखे कडा स्टाटस

लोकप्रिय गायिका आस्था राउतले गरेको हर्कतको कलाकारहरुबाट पनि चौतर्फी बिरोध आउन...

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका...

सुन्तलाको बोक्राले गर्छ यस्तो फाइदा

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको...

उपत्यकाका विभिन्न आठ चोकमा सञ्चालनमा आए ‘ट्राफिक बत्ती’

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको...

छोरी मान्छे अनि यो समाज : सुस्मिता फुयाल

छोरी मान्छे अनि यो समाज तपाइँ आफै पनि कल्पना गर्नुस त...

वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित

काठमाडाै‌ं । बिहीबार साँझदेखि लगातार परेको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...

जाडोमा च्याउ खानुस हुन्छ यस्तो फाइदा

काठमाडौं – च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका...

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology