पिँडालु खानुका यस्ता छन् फाइदा

पिँडालुमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ । पिँडालु खानु स्वास्थ्यका दृष्टिकोणले समेत निकै फाइदाजनक छ । यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पाइल्स, शारीरिक कमजोरी, गर्मीको समस्या आदिजस्ता समस्याका लागि यो लाभदायी छ । पिँडालु फाइबरको राम्रो स्रोत हो । यसबाहेक, पिँडालुमा म्यागनिज, भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ । यी तत्व हाम्रो शरीरका लागि लागि निकै उपयोगी छन ।

पिँडालुले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले डायबिटिजका बिरामीका लाभदायी हुन्छ । पिँडालुमा फाइबर पनि पाइन्छ । यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मानिसमा मुटुरोगको जोखिम कम हुन्छ । पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात क्यान्सरको सम्भावना घटाउँछ । एन्टिअक्सिडेन्ट छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।

पिँडालु खाएमा भोक मर्छ । यसमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ । साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ । त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ । पिडालुको तरकारी खाने गर्नाले रगतलाई सफा बनाइदिन्छ । पिँडालुले पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ । उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ । बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ ।
सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै कञ्चनपुरमा दुई महिलालाइ गरे यस्तो

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology