आफ्नो सन्तानको अगाडी कसरी गर्ने यौ-नको कुरा?अनिबार्य पढ्नुहोस

यौ*नको कुरा भन्नसाथ तपाईलाई लाग्न सक्छ, यस्तो विषयमा के बात गर्ने ? वा यस्तो पनि लाग्न सक्छ, आफ्नै बच्चासँग कसरी यौ-नको कुरा गर्ने ?

अहिलेका बच्चाहरुमा समयभन्दा अगाडि नै यौ_निक परिपक्कता बढ्दो छ । बिगतमा १२ वा १३ बर्षपछि मासिक स्राव सुरु हुन्थ्यो भने, अहिले ८ वा ९ बर्षको उमेरमै यो प्रक्रिया सुरु हुने गरेको छ । स्तन एवं यौ-नाङ्को विकास पनि कम उमेरमै हुन थालेको छ ।
किन यस्तो भइरहेको छ ?

यसमा एउटा मात्र जवाफ छैन । अहिलेको हावापानी, खानपान, प्रविधिको सुलभता जस्ता थुप्रै कारणले यसमा भूमिका खेलेको छ । तर, बच्चाहरुमा जसरी यौ-निक परिपक्कता आएको छ, त्यसलाई स्विकार्नका लागि उनीहरु मानसिक रुपले भने तयार भइसकेका छैनन् । समस्या यहिँ छ । त्यसैले अहिलेका अभिभावकले बच्चालाई सही समयमा यौ-न-परामर्श दिन आवश्यक छ ।

बच्चासँग यौ-नको कुरा

बिगतमा यौ-नको कुरा गर्नुलाई ‘छाडा’ वा ‘लाजमर्दो’ भन्ने गरिन्थ्यो । तर, अहिलेको समाजमा यस्ता धारणा बद्लिएका छन् । यौ-न, यौनाङ्ग, यौन-स्वास्थ्य, प्रजनन-प्रक्रिया आदिबारे खुला छलफल गर्न सकिन्छ । गर्नुपर्छ पनि ।

किनभने, अहिलेका बच्चाहरुलाई सही समयमा यौनबारे जानकारी दिइएन भने, उनीहरुमा मनोविकार बढ्न सक्छ । उनीहरुमा यौ*नकुण्ठा बढ्न सक्छ । यौ-नजन्य कुराले उनीहरुमा चिन्ता र बेचैनी बढ्न सक्छ । त्यसैले सही समयमा बच्चालाई यौनको बारेमा आवश्यक जानकारी दिनुपर्छ । तर, कहिले सुरु गर्ने त ? अर्थात बच्चा कुन उमेरको भएपछि यौ-नको कुरा बुझ्न सक्षम हुन्छन् ?

७ -८ बर्षको उमेरमै यौनको कुरा

अभिभावकले अब बच्चालाई सानै उमेरमा यौ-नको कुरामा जानकारी दिलाउनुपर्छ । यौ-नाङ्गको विकास एवं परिवर्तनसँगै हुने विभिन्न शरीरिक उथलपुथलबारे बच्चालाई मानसिक रुपमा तयार राख्नुपर्छ ।

यौ-नाङ्गको परिवर्तनलाई लिएर बच्चाहरुमा भया वा भ्रम पैदा नहोस् । मासिकस्रावको बेला उनीहरु हतास नहोस् । यस्ता प्राकृतिक प्रकि्रयाबार उनीहरुलाई समयमै जानकारी दिलाउनुपर्छ ।

सामान्यत ७-८ बर्षको उमेरमा बच्चाहरु कुरा बुझ्ने भइसकेका हुन्छन् । उनीहरुलाई यहि समयमा यौ-न-परामर्श दिन उपयुक्त हुन्छ ।

कसरी दिने यौ-न परामर्श ?

हुन त बच्चाहरुले कतिपय प्रश्न सोध्न सक्छन्, जो यौनसँग सम्बन्धित हुनसक्छ । त्यस्ता प्रश्नसँग पन्छिने होइन, बरु सत्य/तथ्य खोजेर बुझ्ने ढंगले त्यसको जानकारी दिनुपर्छ ।

बच्चालाई निश्चित उमेरपछि मासिक श्राव हुन्छ, त्यो भनेको सामान्य प्रक्रिया हो भनेर बुझाउनुपर्छ । साथसाथै के पनि बुझाउनुपर्छ भने, मासिक श्रावको बेला के गर्ने ? के नगर्ने ? कसरी सावधानी अपनाउने भन्ने कुरामा उनीहरुलाई मानसिक रुपले तयार राख्नुपर्छ ।

किनभने मासिक श्राव कुनैपनि बेला हुनसक्छ । विद्यालयमा खेलिरहेको बेला, पढिरहेको बेला । त्यसैले ति अवस्थामा के गर्ने भनेर अभिभावकले पूर्व तयारी अपनाउनुपर्छ ।

यौ-नाङ्मा हुने परिवर्तन, स्तनको आकार बढ्ने, रौं आउने जस्ता प्रक्रिया बारे पनि बच्चालाई जानकारी दिनुपर्छ ।

यसबारे पनि चर्चा गरौं

अक्सर बच्चाहरुले आफु परिपक्क हुँदै गएको भेउ पाउँदैनन् । तर, कति वयस्क व्यक्तिहरु उनीहरुसँग नजिकिने, छुने, चलाउने गर्न सक्छन् । आफ्ना यौ-नकुण्ठा मेट्नका लागि बच्चाहरुसँग नजानिदो ढंगले नजिकिने, विभिन्न प्रलोभन देखाउने प्रवृत्ति देखिन्छ । यस्ता व्यक्तिहरुको नियत खराब हुनसक्छ भनेर पनि बच्चालाई सचेत गराउनु आवश्यक छ ।

अलि किशोरवयमा पुगेपछि छोराछोरी विपरित लिंगप्रति आकषिर्त हुन्छन् । यो स्वभाविक प्रक्रिया हो । यद्यपी यसबेला उनीहरुले आफ्नो होस गुमाउन सक्छ वा उनीहरुमाथि यौ-न दू-र्व्यवहार हुनसक्छ । त्यसैले किशोरवयमा पुगेका छोराछोरीलाई यस्ता कुरामा सर्तक गरानुपर्छ ।

अनलाइन खबरबाट साभार

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

आजबाट मौसम सुधार हुँदै जाने

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आज...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology