प्रहरीले सुरु गर्यो आस्था राउतको भिडियोमाथि अनुसन्धान,यस्तो छ कारण

२ माघ, काठमाडौं । गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘भिडियो सार्वजनिक भएपछि उहाँले लगाउनु भएको आरोप र त्यस दिन के भएको थियो भन्नेबारे बुझ्न निर्देशन दिएका हौं ।’

क्षेत्रीले राउतमाथि दुर्व्यहार भएको भए त्यो गलत हुने बताउँदै भने, ‘तर, उहाँले जसरी बोल्नु भएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन ।’ प्रकरणमा दोषी देखिने पक्षमाथि कारबाही हुने उनले बताए ।

यसअघि बिहीबार राउतले एउटा भिडियो सन्देश जारी गरेकी थिइन् । जसमा उनले विमानस्थलमा चेकजाँचका क्रममा आफूलाई प्रहरीले दुर्व्यहार गरेको जनाएकी छन् ।

यो पनि पढ्नुहोस
विमानस्थलमा ‘तँ’ भनेपछि प्रहरीसँग आक्रोशित आस्था राउत
चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी थिइन् । उनले भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै कञ्चनपुरमा दुई महिलालाइ गरे यस्तो

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर...

मोटोपना घटाउन चाहनु हुन्छ , भने अपनाउनुहोस यस्तो उपाय

बढदो आधुनिकरणसगैँ मानिसको जिबनशैलि पनि फेरिदैं छ। बिभिन्न खानपान र ब्यायम...

स्लिम हुन भात नै छोड्नु पर्छ भन्ने छैन !

आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र रु...

आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ...

झिलिमिली सहर अनि ठुली को कथा : सुस्मिता फुयाल

ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा...

निरोगी बन्न अपनाउनुस् यस्ता उपायहरु

स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान...

बेथेको तरकारी खानुका यस्ता छन् फाइदा

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी...

आजको महँगो समयमा १० रूपैयाँमै खाना!

१० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा। असम्भव लाग्ने काम...

सेल्फी लभर्सहरु को लागि उत्कृष्ट सेल्फी खिच्ने यस्ता छन् तरिकाहरु

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा...

उपसभामुखले राजिनामा दिने , सभामुख नेकपा बाटै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६...

© 2020 Laligurash All right reserved Site By : SobizTrend Technology