Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दोहोरी गायक बालचन्द्र बरालले दोहोरीमा बिकृति ल्याएको भन्दै प्रतिष्ठानले गर्यो ६ महिनालाइ बर्खास्त

दोहोरी गायक बालचन्द्र बरालले दोहोरीमा बिकृति ल्याएको भन्दै प्रतिष्ठानले गर्यो ६ महिनालाइ बर्खास्त

१७,जेष्ठ २०८१ काठमाडौँ । पछिल्लो समयमा लाईभ दोहोरीको नाममा लोक संस्कृतीको मर्मविपरित उच्छृङखल शैलिमा प्रस्तुती दिएको भन्दै ’लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य बालचन्द्र बराललाई संस्थाबाट निलम्बन गरिएको छ। आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले बरालसहितको टोलीले लाइभ दोहोरीका नाममा विगत लामो समयदेखी प्रतिष्ठानको गरिमामै आँच पुग्ने खालका छाडा शब्द प्रयोग गरी लोक तथा दाहोरी गितको मर्मविपरितका प्रस्तुती दिँदै आएका भन्दै निलम्बन गरिएको हो ।

उनलाई निलम्बन गरिएको पत्र प्रतिष्ठानका जिल्ला ,प्रदेश ,उपत्यका समन्वय र बिदेश शाखाहरुमा समेत सकुर्लर गरिने ’लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सांगठनिक सचिव पिएन सापकोटाले जानकारी दिएका छन । उनका अनुसार बराललाई ६ महिनाका लागी निलम्बन गरिएको हो। यो अवधीमा बरालले प्रतिष्ठानसँग संबन्धित जिल्ला,प्रदेश, केन्द्रसहितका सम्पुर्ण राष्ट्रीय तथा अन्तराष्ट्रिय गतिविधीमा सहभागि हुन पाउने छैनन ।

कलाकारहरुले छाडा, अश्लील र अपाच्य शब्द प्रयोग गर्ने , दुईअर्थी शब्दको प्रयोग गर्ने प्रबृत्ति बढिरहेको पछि विरोध–आलोचना गर्नेमा आमदर्शक स्रोतादेखि कलाकार नै बढी छन् । सामाजिक सञ्जालमा व्यापक आलोचना र विरोध भएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आज मात्र एक बिज्ञप्ती जारी गरेको थियो । प्रतिष्ठानका अध्यक्ष रिता थापाको अध्यक्षतामा आज ९बिहिबार० बसेको आकस्मिक बैठकले कार्यसमिति सदस्यसमेत रहेका बरालले लाइभ दोहोरीका नाममा प्रतिष्ठानको विधान र नेपाली लोक संस्कृतीको मर्मविपरित उच्छृङखल शैलिमा प्रस्तुती दिएको भन्दै निलम्बन गरेको हो। यसअघी पनि सचेत गराएको थियो। तर पनि उनले अटेर गरी गित संगीतको मर्ममाथी प्रहार गर्न नछाडेपछी आज आकस्मिक बैठक बसी निलम्बन गरिएको प्रतिष्ठानका सञ्चार समन्वय विभाग संयोजक एवं लोक तथा दोहोरी गायक राजकुमार रायमाझीले जानकारी दिनुभयो।

पछिल्लो समयमा अझ भनौ ¥याप गित गाउने प्रबृत्ति बढेपछि विरोध–आलोचना गर्नेमा आमदर्शक स्रोतादेखि कलाकार नै बढी छन् । वशेषतः पछिल्लो समयमा विभिन्न युट्युब च्यानल लगायतका सामाजिक सञ्जालहरुमका देखिएका प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको र नेपालको विशिष्ट पहिचानका रुपमा रहेको लोक संस्कृति, त्यसमध्ये पनि सदियौ देखि चल्दै आइरहेको दोहोरीको मूल मर्म र भावनामै प्रहार भएको बारे ब्यापक जनगुनासो आइरहेको कारण यस विषयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको गम्भिर ध्यानाकर्षण भएको छ।

यता पछिल्ला दिनहरुमा बालबालिकालाई प्रयोग गरेर दुईअर्थी लाग्ने दोहोरी खेलिएको भनेर टिकाटिप्पणी भइरहेको छ। पछिल्लो समय युट्युबमा लाइभ लोकदोहोरी छाउन थालेका छन्। युट्युब गायकगायिकाका लागि प्लेटफर्म बनेको छ। तर, अडियन्स तान्न अधिकांश लाइभ दोहोरी द्विअर्थी खालका पस्कन थालेका छन्।

कलाकारहरुलेराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको विधानअनुसार दोहोरी गीत भन्नाले पुरुष र महिलाको बीचमा लोकलयमा आधारित गीतको माध्यमबाट गरिने दुःख, सुख, माया, प्रीति, पीडा, वेदना आदि जस्ता भावनात्मक अभिव्यक्तिको प्रतिस्पर्धालाई बुझाउँछ। यसअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले छाडा, अश्लील र अपाच्य लाइभ दोहोरी गीत गाएको भन्दै कलाकारलाई सचेत गराइसकेको छ। तर पनि यो प्रबृति बढिरहेको छ । यस बिषयमा लागिगुराँसले पनि निरन्तर खबरदारी गरिरहेको छ ।