Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ट्राफिक नियम उल्लङ्घनमा गृहमन्त्रीले गरेको कार्य प्रति कांग्रेस असन्तुष्ट

ट्राफिक नियम उल्लङ्घनमा गृहमन्त्रीले गरेको कार्य प्रति कांग्रेस असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेकको रुपमा सडकमा खटाउने निर्णयको विरोध गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउने कार्य कानुनविपरीत रहेको बताए । ‘मापसे गरेका मान्छेलाई विहान सडकमा ल्याएर उभ्याउने रे’ । यो कुन कानुन र नियममा छ भन्दै प्रश्न गरेका थिए । 

गृहमन्त्रालयले कुनै नियमावलीअन्तर्गत प्रहरीलाई पठाएको छ कि ? त्यो पत्राचार भएको छ कि ?’ उनले प्रश्न गर्दै भने, ‘यसरी मुलुक चलाउने शासन पद्धतिको अन्त्य गर्न लागेका मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी विरुद्धमा छौं । कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानुनअनुसार मुलुकलाई अगाडि बढाउनुपर्छ ।’ ट्राफिक स्वयंसेवकको रुपमा विद्यार्थीहरुले पनि सडकमा कहिले काहीँ काम गरिरहेको बताउँदै उनले यसरी मापसे गरेका मानिसहरुलाई सडकमा पठाउँदा सबै मापसे गरेका मान्छे हुन् भन्ने सन्देश जाने भन्दै सचेत गराए ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउने कार्य तुरुन्त बन्द गराउन उनले माग गरे ।