काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा बढेको तरलता नियन्त्रण गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ। इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागी हुन आह्वान गरिएको छ।
प्रत्येक संस्थाले न्यूनतम १० करोडदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको प्रस्ताव राख्न सक्नेछन्। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र सबैभन्दा कम ब्याजदरको प्रस्तावलाई प्राथमिकता दिइनेछ। निक्षेपको साँवा र ब्याज भुक्तानी फागुन २५ गते हुने व्यवस्था गरिएको छ।